2026-06-28 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलमा ‘मुर्ख’ सर्च गर्नुस् ट्रम्प भेटिन्छन्, ‘मुर्ख प्रधानमन्त्री’ सर्च गर्नुस् मोदी भेटिन्छन्

काठमाडौँ | हामी धेरै कुरा गुगलमा भेट्छौं । गुगलमा खोजिने धेरै कुराको कारण मानिसलाई अनलाइनमा आफुले खोजेका कुरा भेट्न निकै सहयोगी बन्ने गरेको छ । त्यसैले गुगल सर्च इन्जिन विश्वकै प्रख्यात सर्च इन्जिन बन्न सफल भएको छ । 

केहि बर्ष अघि एउटा बिषयले भारतमा निकै चर्चा पायो, कुरा थियो गुगल सर्च इन्जिनमा 'World Stupid Prime Minister' टाईप गरेर सर्च गर्दा भारतीय प्रधानमन्त्री मोदीको तश्वीरहरु भेटिन्थे । यही कुरालाई भारतले गुगललाई ध्यानाकर्शन समेत गराएको थियो तर आजसम्म पनि कसैले गुगलमा 'World Stupid Prime Minister' वा 'Idiot Prime Minister' टाईप गरेर सर्च गर्यो भने मोदीको तश्वीर भेटिन्छ । 


भारतीय प्रधानमन्त्री मोदी मात्र होइन, अहिले पनि गुगलमा 'idiot' सर्च गर्दा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका तश्वीरहरु खुल्छन् । यस बिषयमा अमेरिकाका सांसदहरु समेत गुगलसँग आक्रोशित बनेका थिए । यही बिषयलाई लिएर अमेरिकी सांसद बैठकमा अधिकारीहरुले गुगलसँग स्पष्टीकरण समेत लिईसकेको छ तर गुगलका सीईओले त्यस्तो हुनुलाई आफ्नो गल्ति मानेनन् । गुगलले जानीजानी त्यसो गरेको नभई सर्च रिजल्टमा देखिने पेजमा कुन तस्वीर कुन ठाउँमा आउँछन् भन्ने कुराको निधो गुगल आफैले नगर्ने र तस्वीरहरु सम्बन्धित आलेख वा सर्च इन्जिन अप्टिमाइजेसनको आधारमा निर्धारण हुने स्पष्टीकरण दिएको थियो । गुगलका सीईओ सुन्दर पिचाईले idiot लेख्दा ट्रम्पको फोटो खुल्नु प्राविधिक कुरा हो । गुगलले जानी-जानी ट्रम्पको छबी गिराउने काम नगरेको उनले बताएका थिए ।

गुगलका सीईओले यस बिषयमा अमेरिकी संसदलाई स्पष्टिकरण दिने क्रममा भनेका थिए कि गूगलको सर्च इन्जिन यस्तो तरिकाले बनाइएको छ कि जब कसैले कुनै शब्दलाई पटक-पटक खोज्छ, तब सर्च इन्जिनले त्यसै कीवर्डलाई लोकप्रिय श्रेणीमा शामेल गर्छ र त्यसैलाई रिजल्टको रुपमा देखाउँछ । 


गुगलका सीईओले अमेरिकी सांसदमा दिएको जवाफलाई आधार मानेर गुगलमा नेपालीमै 'मुर्ख प्रधानमन्त्री' खोज्ने हो भने नेपालका वर्तमान प्रधानमन्त्री, पुर्वप्रधानमन्त्रीहरुको तश्वीरहरु देखिन्छन् । यसैले पनि के प्रमाणित गर्छ भने गुगलले सबै कुरा जे खोजिएको हो शत प्रतिशत देखाउने क्षमता राख्दैन र त्यसो गर्नु शतप्रतिशत सम्भव नहुन सक्छ । यदी हामीले नेपालीमा कुनै शब्द खोज्दैछौ भने कुनै अनलाइन मिडियाले नेपालीमा लेखेका समाचार, लेख र अनलाइनमा राखिने शब्दलाई आधार बनाएर गुगलले सर्च गरेर दिने देखाईदिने हुँदा जुन शब्द बढी वेबसाइटमा भेटिन्छ वा खोजिन्छ त्यसैलाई गुगलले देखाउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी