२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

गौशालामा सयौँ गाई मृत फेला

१४ माघ २०७५, सोमबार ०१:५०

माघ १४ घोडाघोडी | कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । 

नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँ गाईबस्तुलाई पिउने पानी नभएको, खानेकुराको अभाव भएको र चिसोको महीना खुला आकाशमुनि हुँदा पनि गाईबस्तु मरेका हुन् । शुरुमा करीब तीन हजारको सङ्ख्यामा गाईबस्तु रहे पनि अहिले जम्मा १५० मात्र छन् ।” 

नगरपालिकाले ठूलो रकम खर्च गरे पनि पशु चौपायालाई चरीचरन र पानीको उचित व्यवस्था गरिएको छैन । नगरपालिका र वडा कार्यालयलाई जानकारी गराउँदा पनि चासो नदिएको अर्का हेरालु भोजबहादुर चौधरीले बताउनुभयो । आफूहरूलाई पनि बस्नका लागि उचित व्यवस्था नभएकाले प्लाष्टिकको छानाको भरमा रात काट्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो । 

नगरपालिकाभित्र रहेका छाडा पशु चौपायालाई व्यवस्थापन गर्ने भन्दै घोडाघोडी नगरपालिकाले गत साउन महीनामा वडा नं ७ का अध्यक्ष धनबहादुर बमको संयोजकत्वमा छाडा पशुचौपाया व्यवस्थापन समिति गठन गरी रु ३० लाख उपलब्ध गराएकामा हालसम्म रु १५ लाख भन्दाबढी खर्च भइसकेको नगरपालिका वडा नं ८ अध्यक्ष तथा छाडा पशु चौपाया व्यवस्थापन समितिका सदस्य भीम बोगटीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बारम्बार नगरपालिकाको हरेक कार्यपालिका बैठकमा आफूले पशुचौपाया व्यवस्थापन गर्नतर्फ संवेदनशील हुन आग्रह गरे पनि आफ्नो कुरालाई बेवास्ता गरिएकाले आज यस्तो दिन आएको हो ।” 

नगरप्रमुख ममताप्रसाद चौधरीले व्यवस्थापन गरिएका ठाउँमा पशु मर्न थालेको जानकारी पाएको र ती पशुचौपाया व्यवस्थापनमा केही कमजोरी भएका कारण मरेकाले आफूले नैतिक जिम्मेवारी लिने बताउँदै आफूहरुले जति सकिन्छ गरे पनि नसक्ने स्थिति आएको स्वीकार गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य