2026-09-13 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिरहामा क्यान्सर अस्पताल स्थापनाको सम्भाव्यता अध्ययन शुरु

माघ १४, लहान | सिरहामा क्यान्सर अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन शुरु भएको छ । 

सिरहामा क्यान्सर अस्पताल स्थापना सम्भाव्यता अध्ययन गर्न प्रदेश नं २ का सरकारद्वारा डा लक्ष्मीनारायण सिंहको संयोजकत्वमा गठित कार्यदलले जिल्लाका सरोकारबाला निकायका प्रमुखसँग छलफल तथा सुझाव सङ्कलन गरेको छ । 

क्यान्सर अस्पताल सम्भाव्यता अध्ययन टोलीले क्यान्सर अस्पतालको लागि २० देखि २५ बिगाहा जग्गा, ठूलो जनसङ्ख्या हुनुपर्ने, यातायातको सुविधा र बस्ने सुविधालगायत हुनुपर्ने भन्दै त्यस्तो ठाउँको चयन गर्नुपर्ने जनाएको थियो । 

समितिले करीब रु १० अर्बको लगानीमा अस्पताल भवन निर्माण हुने खाका तयार गरी त्यसका लागि जग्गाको छनोट, पूर्वाधारको व्यवस्थापन, आवतजावतका लागि प्रशस्त मार्ग, जनघनत्व, स्वास्थ्यकर्मीको बसोवासलगायतका विषयमा अध्ययन गरिरहेको संयोजक डा सिंहले जानकारी दिनुभयो । 

स्थलगत अध्ययन-अवलोकन, अस्पतालका लागि वर्तमान ऐन–नियमको अध्ययन तथा सरोकारवालासँग छलफल गरी अस्पताल निर्माण गर्न उपयुक्त स्थानको सिफारिस गर्ने उहाँको कथन छ । 

प्रदेश नं ३ मा रहेको भरतपुर क्यान्सर अस्पतालमा रहेका करीब १५ हजार क्यान्सरका बिरामीमध्ये ४० देखि ५० प्रतिशत बिरामी प्रदेश नं २ का रहेको सिंहले बताउनुभयो । 

बिरामीको चाप र सर्वसाधारणको सहजतालाई मध्यनजर गरी प्रदेश नं २ मा क्यान्सर अस्पताल निर्माण गर्ने योजना बनाएको संयोजक डा सिंहले बताउनुभयो । 

अध्ययन कार्यदलद्वारा आयोजित छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारी लगायतले प्रदेशको उपयुक्त स्थानमा अस्पताल निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसअघि सिरहाको कर्जन्हा नगरपालिकामा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालले आफ्नो शाखा विस्तार गर्ने कार्य अगाडि बढाइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले