2026-06-27 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले ल्यायो ग्यालेक्सी एम स्मार्टफोन, यस्ता छन् फिचर्स (हेर्नुहोस् मुल्यसहित)

2019-01-29

माघ १५, काठमाडौं | सामसुङले आफ्नो बहुप्रतिक्षित एम सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ ।

सामसुङले विश्वमै पहिलोपटक भारतमा एम सिरिजका ग्यालेक्सी स्मार्टफोन एम १० र एम २० सार्वजनिक गरेको हो ।


सामसुङका ग्यालेक्सी एम १० र एम २० स्मार्टफोन अमेजन डट इन र सामसुङ अनलाइन स्टोरमा समेत तत्कालै उपलब्ध हुनेछन् ।

ग्यालेक्सी एम १० को मूल्यको कुरा गर्दा २ गिगाबाइट र्याम र १६ गिगाबाइट स्टोरेज क्षमताको मोडेलको मूल्य ७ हजार ९९० भारु तोकिएको छ । त्यस्तै ३ गिगाबाइट र्याम र ३२ गिगाबाइट स्टोरेज क्षमताको मोडेलको मूल्य ८९९० भारु तोकिएको छ ।

त्यसका साथै ग्यालेक्सी एम १० का दुबै मोडेलले ५ सय ५१ जिबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ ।

त्यस्तै ग्यालेक्सी एम २० स्मार्टफोनको ३ जिबी र्याम र ३२ जिबी स्टोरेजयुक्त मोडेलको मूल्य १० हजार ९९० भारु तोकिएको छ भने ४ जिबी र्याम र ६४ जिबी स्टोरेज मोडेलको मूल्य १२ हजार ९९० भारु रहेको छ ।

ग्यालेक्सी एम १० मा ६.२ इन्चको एचडी प्लस इनफिनिटी भी डिस्प्ले रहेको छ । यसमा १.६गिगाहर्जको अक्टाकोर एक्जीनोस ७८७० प्रोसेसर रहेको छ । डुअल सिम सपोर्ट गर्ने यी स्मार्टफोनमा फिंगरप्रिन्ट स्क्यानर प्रविधि राखिएको छैन तथापि फेसब अनलक सिस्टम चाहीँ रहेको छ ।

सामसुङ ग्यालेक्सी एम १० मा डुअल लेन्स रियर क्यामरा रहेको छ । जसमा १३ मेगापिक्सेल प्राइमरी सेन्सर र ५ मेगापिक्सेल सेकेन्डरी सेन्सर रहेको छ । त्यस्तै ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

त्यस्तै ग्यालेक्सी एम २० मा ६.३ इन्चको फूल एचडी प्लस इनफिनिटी भी डिस्प्ले रहेको छ । यसमा १.८ गिगाहर्ज अक्टाकोर एक्जीनोस ७९०४ प्रोसेसर रहेको छ । यसले पनि डुअल सिम सपोर्ट गर्दछ । एम २० मा पनि डुअल रियर क्यामरा र ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी