2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस अप्रिल २ देखि बन्द हुँदै

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द हुने भएको छ | गुगल प्लसले प्लाटफर्म बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ ।

गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द हुनेछ ।

झण्डै ५ करोडभन्दा बढी प्रयोगकर्ताका डाटा चोरी भएको खबर सार्वजनिक भएसँगै गुगलले गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो । कम्पनीले अगष्टमा गुगल प्लस बन्द गर्ने निर्णय गरेको थियो । तर सेक्योरिटीका कारण अप्रिलमै यसलाई बन्द गरिँदैछ ।

एक अफिशियल पोष्टमा कम्पनीले भनेको छ, ‘तपाईंले गुगल प्लसमा खोल्नुभएको कुनै पनि पेज अप्रिल २ देखि बन्द हुनेछ । प्रयोगकर्ताको गुगल प्लस अकाउन्टबाट हामी डाटाहरु डिलिट गर्न सुरु गर्नेछौँ । गुगल प्लसका एल्बम आर्काइभबाट पनि तपाईंका फोटो तथा भिडियोका साथै यसका सम्पूर्ण पेज डिलिट गरिनेछ । तपाईंले अप्रिल अघि नै आफ्ना सामाग्रीहरु डाउनलोड गरेर सुरक्षित राख्न सक्नुहुन्छ । तपाईंले गुगल फोटोज एपमा ब्याकअप राखेका फोटो वा भिडियो डिलिट हुने छैनन् ।’

गुगलका अनुसार फेब्रुअरी ४ देखि नै गुगल प्लसमा कुने नयाँ अकाउन्ट खोल्न सकिने छैन । गुगल प्लसको साइन इन बटनलाई गुगल साइन इन बटनले रिप्लेस गरिनेछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई