२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुर्खेत अख्तियारमा ६२१ उजुरी, कुन जिल्लाबाट कति उजुरी ?

२१ माघ २०७५, सोमबार ०३:००

माघ २१, सुर्खेत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५÷७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ । 

चार सय ५३ उजुरीबारे अध्ययन अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिनुभयो । सङ्घीय मामिलाअन्तर्गत १८८ उजुरी परेकामा ५१ फछ्र्यौट तथा १३७ बाँकी छ । शिक्षा सम्बन्धि १८०, वन तथा वातावरणतर्फ ५८, ऊर्जा, जलस्रोत र सिँचाइका ५१, स्वास्थ्य तथा जनसङ्ख्याका ३९ र भौतिक पूर्वाधार तथा यातायात सम्बन्धि २९ उजुरी परेको सापकोटाले बताउनुभयो । 

त्यसैगरी खानेपानी सम्बन्धि २०, कृषि तथा पशुपक्षी विकासमा १३, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा १४, गृहतर्फ १०, शहरी विकासमा सात, उद्योग, वाणिज्य तथा आपूर्तितर्फ पाँच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनतर्फ तीन, सञ्चार तथा सूचना प्रविधितर्फ तीन तथा युवा तथा खेलकूद सम्बन्धि एउटा उजुरी परेको छ । जिल्लागत तथ्याङ्कअनुसार सुर्खेतबाट १३७, दैलेखबाट १०८, जाजरकोटबाट ८७, कालीकोटबाट ७०, जुम्लाबाट ४८, हुम्लाबाट ४२, रुकुम पश्चिमबाट ४०, सल्यानबाट ४३, मुगुबाट ३१ तथा डोल्पाबाट ११ उजुरी परेको सापकोटाले बताउनुभयो । 

“कार्यविधि एवं नियमसङ्गत काम नगरेका, बाटो, सडक, भवन, सिँचाइ तथा कुलो निर्माणमा भएका अनियमितता सम्बन्धि बढी उजुरी परेको छ,” उहाँले भन्नुभयो । शङ्का, रिसइवी र राजनीतिक पूर्वाग्रहका आधारमा पनि उजुरी पर्ने गरेको छ । उजुरी परे पनि तथ्य सावित गर्ने खालका प्रमाण नजुट्दा अनुसन्धानमा समस्या भएको सापकोटा बताउनुहुन्छ । चैत, वैशाख, जेठ र असारमा अत्यधिक उजुरी पर्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने