पढ्न करिब 2 मिनेट लाग्छ

काठमाडौं | पुरुषले महिलालाई बलात्कार गरेको त् सुन्नु भएकै होला तर भारतमा महिलाले महिलालाई नै बलात्कार गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्।

सेक्स टोयमार्फत एक महिलालाई बलात्कार गरेको आरोपमा १९ वर्षीया भारतीय युवती पक्राउ परेकी हुन् । अदालतले उनलाई जुडिशल कस्टडीमा तिहाड जेलमा पठाएको छ ।

उक्त घटना गत वर्ष सेप्टेम्बरको हो । यो मामलामा सीमापुरी पुलिसले तीन युवकविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर पुलिसले अर्की आरोपी १९ वर्षकी युवतीमाथि भने मुद्दा दर्ता गरेको थिएन । सर्वोच्च अदालतले समलैंगिकता (धारा ३७७) लाई अपराधको श्रेणीबाट बाहिर निकालेको भन्दै उनी आफू पक्राउ पर्न नहुने बताएकी थिइन् ।

नर्थ ईस्टमा बस्ने २५ वर्षकी पीडित महिलाका अनुसार १९ वर्षीया युवतीले आफूलाई पटक–पटक बलात्कार र कुटपिट गरेको आरोप छ ।

जानकारीका अनुसार पीडित महिला एक व्यवसायमा लगानी गर्नका लागि मानिससँग भेटघाट गरिरहन्थिन् । यसै क्रममा उनको भेट रोहित र राहुलसँग भयो । भेट भएकै दिन दुबैले पीडित महिलालाई दिलशाद कोलोनीको एक अपार्टमेन्टमा पुर्याएर सामूहिक बलात्कार गरे । त्यसपछि भिडियो बनाएर पीडितलाई ब्ल्याकमेल गर्न थाले । आरोपका अनुसार १९ वर्षकी युवतीले सेक्स टोयमार्फत् पीडितलाई बलात्कार गर्थिन् । अब ती युवतीलाई बलात्कारको आरोपमा समलैङ्गिकताको आधारमा पक्राउ गरिएको छ । शाहदरा जिल्लाका पुलिस अधिकारीले यसबारे पुष्टि गरेका छन् ।