२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईएलओ सम्मेलनमा परिणाम देखाउँन कोरियालाई ईयुको समयसिमा

२०७५, २२ माघ मंगलवार ०७:१०

अर्जुन बराल । माघ २२, दक्षिण कोरिया । युरोपियन युनियनको कार्यकारी संस्था युरोपियन आयोग (ईयु)ले दक्षिण कोरिया सरकारलाई श्रमिकका क्षेत्रमा गरिएका सुधारोन्मुख काम र त्यसको परिणाम यसै बर्षको अप्रिल अन्तिम महिनासम्म अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ) को अधिबेशनमा पेश गर्न समयसिमा तोकेको छ ।

आर्थिक, सामाजिक तथा श्रम परिषदको बर्तमान अबस्थालाई मजबुत बनाउँन एउटा सम्झौताको खाका तैयारी गरिरहेको दक्षिण कोरिया सरकारलाई युरोपियन आयोगले दिएको समयसिमाले कठिनाई उत्पन्न हुँने अनुमान गरिएको छ ।


आर्थिक, सामाजिक तथा श्रम सम्बन्धि संस्थागत सुधार समितिले राष्ट्रिय कानुन संसोधनको लागि छलफल चलाईरहेको बर्तमान अबस्थामा आईएलओको सम्मेलनका लागि आधारभुत तयारी नगरीएको बताईएतापनि यसलाई सामुहिक तथा औधोगिक छलफलमा लगिएको बताईएको छ । औधोगिक तथा ब्यबसायीक क्षेत्रमा हडताल गरिरहेका मजदुरलाई प्रतिस्थापन गर्ने, हडताल गरेर कार्यस्थल कब्जा गर्न प्रतिबन्ध लगाउँने, चारबर्षका लागि सामुहिक बैधताको बिस्तार गर्ने, अनुचित श्रमीक नीतिको उन्मुलन गर्नुपर्ने तर्क छ ।

युरोपियन आयोगका प्रतिनिधिमण्डलले आर्थिक, सामाजिक तथा श्रम सम्बन्धि संस्थागत सुधारका ढिलाई तथा राष्ट्रिय सभाद्धारा पारित संसोधित कानुनहरुको प्रगति र तिनीहरुको कार्यान्वयनलाई समयसिमा तोकेर ध्यान दिएको बताएका छन् ।

साथै युरोपियन युनियनले ब्यापार तथा बिकाशका रहेका बिबाद समाधान गर्न प्रक्रियागत रुपबाट नै कोरियाको भ्रमण गरेको जनाएको छ भने युनियनले राष्ट्रिय ट्रेड युनियन केन्द्रका अधिकारीसँगको भेटघाटको अलावा कोरिया रोजगारदाता संघ, कोरिया च्याम्बर अफ कर्मश एण्ड ईन्ड्रष्ट्रि तथा आर्थिक,सामाजिक तथा श्रम सम्बन्धि सार्बजनिक हितका नीतिनिर्माता सँग भेटी आईएलओ अधिबेशनमा गरिनुपर्ने अनुमोधनका बिषयमा उनीहरुको राय लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह