२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमले ल्यायो झकास अफर, यस्ता छन् आजैबाट सुचारु हुने सुविधाहरु

२२ माघ २०७५, मंगलवार ०८:४२

माघ २२, काठमाडौं | नेपाल टेलिकमले आफ्नो पन्ध्रौं बार्षिक उत्सवको अवसरमा विभिन्न अफर तथा सुवीधाहरु ल्याएको छ | कम्पनीले आफ्ना ग्राहकको सुविधालाई  लक्षित गरि विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरेको हो | 

कम्पनीले आफ्नो वार्षिक उत्सबको अवसरमा सुचना प्रकासित गर्दै अफरहरु सार्वजनिक गरेको हो |

कम्पनीले आज (माघ २२) देखि फागुन २२ गतेसम्म लागु हुनेगरी NT मोबाइल एप डाउनलोड तथा रजिस्टर्डमा निशुल्क १०० MB डाटा उपलब्ध गराएको छ | त्यस्तै GSM prepaid का ग्राहकहरुलाई रु ९ सयको प्याकेज मा प्रतिमहिना २ GB डाटा र ५ सय निशुल्क गराउंदै आएकोमा प्रतिमहिना अल टाइम डाटा ३.३ GB र रु ५ सय निशुल्क गराउने भएको छ |  

भोलि (माघ २३) देखि फागुन ८ सम्ममा रजिस्टर्ड हुने नयाँ GSM prepaid मोबाइल ग्राहकलाई ३ महिनासम्म प्रति महिना अल टाइम १ GB र सय मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ |

त्यसैगरी टुरिस्ट प्याकेज अन्तगर्त रु ५ सयमा ५ GB डाटा, NTनेटवर्कमा ५० मिनेटको भ्वाइस, ५० वटा SMS तथा रु १०० को अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने व्यवस्था गरिएको छ |

त्यस्तै रु एक हजारमा १० GB डाटा, NT नेटवर्कमा सय मिनेट भ्वाइस कल, १०० वटा SMS तथा रु सयको अन्तरास्ट्रिय कल समेत गर्न सकिने कम्पनीले जारी गरेको सुचनामा जनाएको छ | 

आजदेखि (माघ २२) देखि ९० दिनसम्म daily, weekly तथा monthly चाइना कल प्याकेज अन्तर्गत क्रमसः रु ३५ मा १० मिनेट, रु १५० मा ४५ मिनेट र रु ५ सयमा १६५ मिनेट उपलब्ध गराएको छ |

कम्पनीले २०७४ असारसम्मको टेलिफोन बक्यौता बाकि रहेका सर्वसाधारणले २०७६ असर मसान्तसम्ममा बक्यौता बुझाएमा सम्पूर्ण जरिवाना छुट गर्ने जनाएको छ | FTTH migration योजना अन्तर्गत एक वर्षदेखि नियमित एडीएसएल सेवा लिई रहेका ग्राहक तथा ३ महिनाको एफ टि टी एच प्याकेज खरिद गर्ने ग्राहकलाई एफ टि टी एच सिपिइ (FTTH CPE) निशुल्क उपलब्ध गराइने पनि कम्पनीको सुचनामा जारी गरिएको छ | यो योजना ३ महिनासम्म लागु हुने छ |

कम्पनीले नेत्रबिहीन संघको सिफारिसमा नेत्रहीन व्यक्तिहरुबाट प्रयोग भइरहेको जीएसएम तथा सीडीएमए तथा मोबाइलहरुमा रु ५०, २ सय र ३ सयको अल टाइम डाटा खरिदमा शत प्रतिसत बोनस तथा रु २ सयको अल टाइम डाटा भ्वाइस खरिदमा ५० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ | यो योजना ९० दिनसम्म लागु हुने पनि सुचनामा उल्लेख छ |

त्यस्तै mobile points of sale (Mpos) को माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा ५ प्रतिशतका दरले ग्राहहरुलाई बोनस उपलब्ध गराउने भएको छ यो योजना ६ महिनासम्म लागु हुने छ | यस अतिरिक्त बिगत देखि कम्पनीको नेटवर्कमा विदेशी अपरेटरहरुका ग्राहक तथा postpaid ग्राहकलाई विदेशी अपरेटर हरुले नेटवर्कमा रोमिंग सेवा प्रदान गरिरहेकोमा आजको दिनदेखि कम्पनीको prepaid मोबाइल सेवामा पनि outbound roaming को soft launch गरिदै छ | निकट भविष्यमा नै कम्पनीकोprepaid ग्राहकलाई सुलभ दरमा सो सेवा उपलब्ध गराइने भएको छ |




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ