२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरुको दिमाग पुरुषभन्दा किन चल्छ तेज ? रिसर्चले गर्यो यस्तो खुलाशा

२०७५, २४ माघ बिहीबार १०:०१

एजेन्सी | महिलाहरुको मस्तिष्क उनको पुरुषको तुलनामा तीन बर्ष अगाडी हुन्छ | यसको मतलव पुरुषले १६ बर्षको उमेरमा सोच्ने कुरा महिलाले १३ बर्षमै सोच्न सक्छन् | यसै कारणले महिलाहरुको दिमाग लामो समय सम्म तेज चल्छ | वैज्ञानिकहरुले एक अनुसन्धानमा यस कुराको दावी समेत गरेका छन् | उक्त रिसर्चका एक सदस्य बैज्ञानिक मनु गोयलले पुरुष भन्दा महिलाको दिमाग तेज चल्नुको कारण बारे फेरी अनुसन्धान भईरहेको छ | उनले भनेका छन् 'किन यस्तो हुन्छ अनुसन्धानको बिषय बनेको छ |' 

उनले भने कि मस्तिष्कको चलायमान सम्बन्धि क्रियाकालापले महिलाहरु र पुरुषहरुको दिमागी शक्ति निर्भर हुन्छ | माथिको अध्ययन ‘‘प्रोसीडिग्स अफ नेशनल एकेडमी अफ साइन्सेज'' जर्नलमा प्रकाशित भएको छ | दिमाग त्यस्तो कुरा हो जसको दिमाग धेरै चलायमान रहन्छ उसैले धेरै कुरा लिन सक्छ | व्यावहारिक रुपमै महिलाहरु पुरुष भन्दा बढी कुरा सोच्छन् | महिलाहरु पुरुषको तुलनामा बढी बोल्छन भन्ने चर्चा पनि पुरानै कुरा हो | महिलाहरुको पेटमा कुरा अट्दैन भन्नु पनि यसैको संकेत हो, उनीहरु आफ्नो मनमा भएको कुरालाई छटपटीको कारण को-सँग पोखौं भन्नेमा केन्द्रित हुन्छन् | पुरुषको तुलनामा महिलाहरु धेरै जिज्ञाशु हुने कुरा पनि बैज्ञानिकहरुले दिमागी कुराकै प्रभाव मान्छन् | 

अनुसंधानकर्ताहरुले २०५ मानिसमा गरेको अध्ययनमा के पत्ता लगाए भने उनीहरुको मस्तिष्क ग्रन्थी कुन तरिकाले प्रयोग हुन्छन् | यस अध्ययनमा २० देखि ८४ वर्षका १२१ महिलाहरु र ८४ जना पुरुष सहभागी भएका थिए | उनिहौर्को मस्तिष्कमा ग्लूकोज र अक्सीजनको प्रवाहलाइ मापन गर्न पीईटी स्क्यान गरियो |

त्यसपछि उनीहरुले उमेर र मस्तिष्कको क्रियाहरु बीचको सम्बन्ध पत्ता लगाउनको लागि एक मेशीनमा पुरुषको उमेर र मस्तिष्क क्रियाको डाटा निकाले | अनुसंधानकर्ताहरुले महिलाहरुको मस्तिष्कको रसायनिक प्रतिक्रियाको डाटालाई मेशीनमा हाले र आंकडामार्फत महिलाहरुको दिमागको उमेरको गणना गरे | यसले महिलाहरुको वास्तविक उमेर भन्दा उनीहरुको दिमागको आयु ३.८ बर्ष तेज हुने कुरा निकाले | 

यसै तरिकाले पुरुषको दिमागको आयु निकालियो, तर पुरुषहरुको दिमाग आफ्नो वास्तविक उमेरभन्दा २.४ बर्ष बढी मात्र निस्कियो | 

त्यसो त यो अनुसन्धान अघि पनि धेरै यस्ता बिषयमा बहश नचलेका होइन | सामाजिक, मनोबैज्ञानिक, आर्थिक र व्यवहारिक पक्ष अनुसार पनि महिला र पुरुषको सोच्ने बिषयहरु भिन्न-भिन्न हुने गर्छन् | तुलनात्मक कुरा गर्ने हो भने एक समाज र अर्को समाजकै मानिसहरुमा दिमागी भिन्नता देखिन्छ | पुरुषहरुले यौनको बिषयमा बढी कुरा दिमागमा राख्छन भने महिलाहरु खाने कुरा र  आफ्नो देखावटि बिषयमा बढी ध्यान दिन्छन् | यो बिषय व्यावहारिक प्रभाव हुन सक्छ | किनभने तुलनात्मक रुपमा सुन्दर बन्ने होड जति धेरै नेपाली महिलाहरुमा हुन्छ त्यति अमेरिकी महिलामा नहुन सक्छ | त्यसो त अमेरिकी महिलाहरु जति प्रोफेसनल हुन्छन त्यति नै नेपालका महिला सामान्य जनजीवनमा रहेका छन् | त्यसैले पनि दिमाग कस्तो कस्तो तेज भन्ने कुरा अनुसन्धान गर्न निकै जटिल बिषय हुन्छ | त्यसैले पनि बैज्ञानिकहरुले नमुनाको रुपमा धेरैलाई छानेर यस्ता बिषयको अनुसन्धान गर्छन् | यसमा पनि उमेर समुह, सामाजिक परिवेश र बिभिन्न बिषयले प्रभाव पार्छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट