१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छ: मन्त्री बाँस्कोटा

२६ माघ २०७५, शनिबार ०८:१८

माघ २६, काभ्रेपलाञ्चोक | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी पे्रस) राखिने बताउनुभएको छ । 

बनेपा नगरपालिका–६ बूडोलमा आज शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो ।” उहाँले मन्त्रालयअन्तर्गतको उक्त पार्कमा राखिने सेक्युरिटी पे्रसमा पहिलो चरणमा पेपरवेस सेक्युरिट प्रिन्ट गरिने र दोस्रोचरणमा प्रविधि थपगर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ गरिने जानकारी दिनुभयो । 

मन्त्री बाँस्कोटाले सेक्युरिटी पे्रसको निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डलगायतका सामग्री छापिने बताउनुभयो । 

उहाँले विकासको काम तीव्रताका साथ अगाडि बढेको बताउनुभयो । ‘विकासले गति लिएको छ’ उहाँले थप्नुभयो, “तपार्इंहरु ढुक्क हुनुहोस् यो गतिले अब कहिल्यै विश्राम लिने छैन ।” उहाँले सडक, विद्यालय, विश्वविद्यालय, अस्पताल, सञ्चार प्रविधि लगायतमा देश समृद्ध बनाउने विकासका काममा सरकार दत्तचित्त रहेको बताउनुभयो । 

मन्त्री बाँस्कोटाले बनेपा नपाको समग्र विकासमा हाललाई रु ६ करोड दिइएको र केही समयपछि रु चार करोड थपिदिने बताउनुभयो । कार्यक्रममा प्रदेश नं ३ का सांसद बसुन्धरा हुमागार्इंले शहीद मार्गका लागि प्रदेश सरकारले रु ५० लाख छुट्याइएको बताउनुभयो । 

सो अवसरमा बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे र नपा उपप्रमुख रेखा दाहालले विकासका हरेक योजनामा गुणस्तरलाई ध्यान दिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट