२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘भ्यूटावर’ निर्माण गरिने

२०७५, २७ माघ आईतवार ०४:३३

माघ २७, दार्चुला (रासस) | महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन स्तम्भ‘भ्यूटावर’ निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ । 

जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौँबाट आएको सर्वेक्षकको टिमले भ्यूटावर निर्माणका लागि सर्भे गरेको महाकाली नगरप्रमुख हंशराज भट्टले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भ्यूटावर निर्माण गरिन लागेको हो । 

पर्यटकीयस्थलको विकासका लागि नगरसभाबाट रु एक करोड ४० लाख बजेट विनियोजन गरिएकामा रु ४५ लाख भ्यूटावर निर्माणमा खर्च गरिने नगरप्रमुख भट्टले बताउनुभयो । 

समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छापरीबाट दार्चुला जिल्लामा रहेको अपी हिमाललगायत उच्च हिमशृङ्खाल तथा भारतका हिमालय शृङ्खला सजिलै देख्न सकिन्छ । नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको विकास गरी आर्थिक रूपमा समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ पर्यटकीयस्थलको विकास गर्ने नगरपालिकाले जनाएको छ । 

यस्तै भ्यूटावरसँगै पर्यटकलाई लक्षित गर्दै सुविधासम्पन्न रेष्टुरेन्ट, पार्कलगायत पर्यटकलाई आकर्षण गराउने स्थल निर्माण हुनेछन् । यसैगरी नगरपालिकाले समैजी मन्दिर डुङुरीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने भएको छ । अहिले पनि नेपाली तथा भारतका स्थानीयवासीको धार्मिक पर्यटकीय गन्तव्य रहेको डुङुरी मन्दिरमा मङ्गलबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको रुपमा आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी