2026-09-13 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निजी लगानीमा अस्पताल सञ्चालन

माघ २८, दुल्लु (रासस) | दैलेखका दुल्लुमा निजी क्षेत्रको लगानीमा निर्मांण भएको अत्याधुनिक सुविधासहितको अस्पताल सञ्चालनमा आएको छ । दुल्लु नगरपालिकामा करीब रु दुई करोड ५० लाखको लगानीमा १५ श्ययाको आशाराम अस्पतालले शनिबारदेखि आफ्नो सेवा आरम्भ गरेको छ । 

दुल्लुमै विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका प्रबन्ध निर्देशक कपिल खनालले जानकारी दिनुभयो । यहाँका विपन्न र आर्थिक अवस्था कमजोेर भएका नागरिकलाई उपचारका लागि सुर्खेत, नेपालगञ्जसम्म धाउनुपर्ने बाध्यता हट्ने उहाँको भनाइ छ । 

अस्पतालमा अल्ट्रासाउन्ड, भिडियो एक्सरे सेवा उपलब्ध छ । खनालका अनुसार अस्पतालमा थाइराइड, सुगर, दिसापिसाबलगायत परीक्षणसहितको सुविधासम्पन्न प्रयोगशाला रहेको छ । अस्पतालले आगामी दिनमा सेवासुविधा थप गरेर यहाँका आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई सुलभदरमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उहाँको भनाइ छ । 

अस्पतालको सेवाआरम्भ भएको अवसरमा पहिलो दिन स्थानीय नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

अस्पतालको उद्घाटन गर्नुहुँदै कर्णाली प्रदेशसभा सदस्य सुशील थापाले दुल्लुमै विशेषज्ञ चिकित्सकबाट बिरामीले उपचार सेवा पाउने बताउनुभयो । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले दुल्लुमा विगतका दिनमा धेरै पोलिक्निक सञ्चालनमा आए पनि निजीस्तरबाट पहिलोपटक अस्पताल सञ्चालनमा ल्याइनुले दुल्लु क्षेत्रका नागरिकलाई सहजता हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन