2026-06-28 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा यस्तो समस्या उत्पन्न हुँदै, जर्मनीले दियो कडा आदेश !

2019-02-11

माघ २८, काठमाडौं । फेसबुकले आफ्ना दुई अर्ब भन्दा धेरै प्रयोगकर्ताका डाटाहरुको बलमा आफ्ना विशाल विज्ञापन व्यवसाय स्थापित गरेको छ । तर फेसबुकको यहीँ विशाल डाटाबेस उसका लागि सबैभन्दा ठूलो समस्या बन्ने भएको छ ।

गत बिहीबार यसको एउटा प्रष्ट संकेत देखा परेको छ । जर्मन सरकारले फेसबुकमाथि आफ्नो बजारको आधिपत्यलाई दुरुपयोग गरेको आरोप लगाउँदै आफ्नो विज्ञापन बजारलाई मजबुत बनाउनका लागि आफ्ना अन्य सोसल मिडिया प्लाटफर्महरु र थर्ड पार्टी वेबसाइटहरुका डाटाहरुको दुरुपयोग नगर्न आदेश दिएको छ ।

फेसबुकले आफ्नो विज्ञापन व्यवसायलाई बढाउनका लागि फेसबुक मात्र नभै इन्स्टाग्राम, ह्वाट्सएप जस्ता आफ्नै सोसल मिडिया एपहरु तथा अन्य थर्ड पार्टी वेबसाइटमा रहेका प्रयोगकर्ताका डाटाहरुको समेत उपयोग गर्ने गरेको छ । जर्मन सरकारको यस्तो आदेशपछि अब फेसबुकले फेसबुकको प्लाटफर्ममा विज्ञापनका लागि अन्य एप तथा वेबसाइटका डाटाहरुको प्रयोग गर्न नपाउने भएको छ ।

यसले फेसबुकको विज्ञापन बजारमा असर पार्ने र फेसबुकमाथि दबाब सिर्जना हुने विज्ञहरुको भनाई छ ।

फेसबुक प्रयोग गर्नका लागि मानिसहरुले पैसा तिर्नु पर्दैन । तर वास्तवमा फेसबुक प्रयोगकर्ताले आफ्ना डाटाहरु फेसबुकलाई प्रदान गरेर त्यसको मूल्य चुकाएका हुन्छन् । फेसबुकले प्रयोगकर्ताका यस्तै डाटाहरुको विश्लेषण मार्फत विज्ञापनदाताका विज्ञापनहरु लक्षित प्रयोगकर्तासम्म पुराएर मोटो रकम कमाउने गरेको छ ।

अर्ब भन्दा धेरै प्रयोगकर्ता भएका इन्स्टाग्राम र ह्वाट्सएप समेत आफुमा विलय गराएपछि फेसबुक कम्पनी विश्वका अर्बौँ मानिसका डाटाको भण्डार बनेको छ ।

जर्मन सोसल मिडिया नियामकका अनुसार फेसबुकले अहिले जर्मनीको सोसल मिडिया बजारको ९५ प्रतिशत हिस्सा ओगटेको छ । यसको अर्थ ९५ प्रतिशत जर्मनहरुले या त फेसबुकसँग आफ्ना डाटा शेयर गर्नुपर्दछ, या त सोसल मिडिया नै नचलाइकन बस्नु पर्दछ । स्नापच्याट, युट्युब तथा टि्वटर जस्ता प्लेटफर्मले प्रयोगकर्तालाई फेसबुकको जस्तो सेवा उपलब्ध नगराउने भएको हुँदा ती प्लाटफर्मलाई सोसल मिडिया बजारमा समावेश गर्न नसकिएको उक्त निकायको भनाई छ । सोही कारण फेसबुकसँग बजारमा प्रतिस्पर्धाका लागि अरुलाई समस्या भएको छ ।

नियामक निकायले फेसबुक कम्पनीलाई आफ्ना प्रयोगकर्ताको डाटा संकलन गर्न तथा अन्य प्लेटफर्मका डाटाहरुलाई एकत्रित गर्नका लागि प्रयोगकर्ताको सहमति अनविार्य रुपमा लिन समेत आदेश दिएको छ ।

फेसबुकले भने जर्मन सरकारको यस्तो आदेश प्रति असहमति जनाउँदै त्यस विरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

साथै फेसबुकले आफु विरुद्ध जर्मन निकायले अस्वभाविक मादपण्ड लाद्ने कोसिस गरेको आरोप लगाएको छ ।

उता युरोपेली आयोगले जर्मन सरकारले पछिल्लो निर्णयलाई नोट गरेको प्रतिक्रिया दिएको छ । जर्मनीको निर्णयपछि अब युरोपेली आयोगले पनि त्यस्तै खालको अनुसन्धान अगाडि बढाउने सम्भावना रहेको बताइएको छ ।

युरोपेली आयोगसँग गोपनियताको आधारमा फेसबुकमाथि कारवाही गर्ने अधिकार नभएतापनि प्रतिस्पर्धा कानूनको आधारमा छानविन र कारवाही गर्ने पनि प्रसस्त अधिकार रहेको छ ।

प्रतिस्पर्धा कानूनको उल्लंघन गरेमा कम्पनीमाथि विश्वव्यापी आम्दानीको १० प्रतिशत जरिवाना तथा कम्पनीकै कारोबार रोक्ने सम्मको निर्णय युरोपेली आयोगले गर्न सक्दछ ।

पछिल्लो समयमा विश्वमा फेसबुकको पावरमाथि पावन्दी लगाउनुपर्ने आवाज चर्को बनिरहेका बेला युरोपेली मुलुक जर्मनीले चालेको कदम एउटा सुरुवातको रुपमा रहेको कतिपयको विश्लेषण छ ।

सिएनएनबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी