पढ्न करिब 1 मिनेट लाग्छ

माघ २८, काठमाडौँ । ५४ वर्षीया एक महिलाले बच्चा जन्माएकी छन् | महिलाको कोखबाट दुई टेस्ट ट्यूब बेबी (बच्चा) को जन्म भएको हो ।

आइतबार काठमाडौँको जावलाखेल स्थित अल्का हस्पिटल प्रालिमा उक्त बच्चाहरुको जन्म भएको हो ।

ती दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् । यो संभवतः महिनावारी रोकिसकेपछि पनि बच्चा जन्माएको नेपाल मै पहिलो पटक हो ।

बच्चा जन्माउने महिलाको ४ वर्ष अघि नै महिनावारी रोकिसकेको थियो । अहिले ती महिलाको नाम गोप्य नै रोखिएको छ ।