2026-10-18 10:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगार युवा खोज्दै सरकार, सके रोजगारी नभए निर्वाह भत्ता दिइने

मनोज पराजुली, माघ २८, काठमाडौं । सरकारले चैत १ गतेबाट बेरोजगार युवाको तंथ्याक संकलन गर्ने शुरु गर्ने भएको छ । आगामी फागुन १ गतदेखि लागूहुने प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सरकारले बेरोजगार युवाको तंथ्याक संकलन गर्न लागेको हो। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम बारे जानकारी दिएका हुन् ।  कार्यक्रमबारे जानकारी दिंदै मन्त्री विष्टले नागरिकलाई सामाजिक न्याय दिनको लागि र गरिबीमा बाँचेकालाई न्याय दिन सरकारले कदम चालेको बताए। सरकारको उदेश्य काम नदिई बेरोजगारलाई भत्ता दिने होइन मन्त्री विष्टले भने “काम गर्न सक्नेलाई न्युनतम रोजगारीको अवसर दिने सम्भव नभए मात्र भत्ता दिने हो ।”

शारीरिक श्रम मात्र नभई बौद्धिक श्रम गर्नेलाई पनि श्रम बजारमा जोड्नेगरि सरकारले कार्यक्रम डिजाइन गरिरहेको उनले बताए। सरकारले आगामी ५ वर्षभित्रमा बाध्यकारी रोजगारी अन्त्य गर्ने लक्ष्य अनुरुप काम गरिरहेको उनले बताए ।

७५३ वटै स्थानीयतहबाट लागू गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी रोजगार व्यवस्थापन सूचना प्रणाली लागू गरिने कार्यक्रम संजोजक प्रकाश दाहालले जानकारी दिए । रोजगार व्यवस्थापन सूचना प्रणाली मार्फत प्रतिदिन कति बेरोजगार छन् भन्ने प्राप्त हुने दाहालले बताए। कार्यक्रमको कार्यान्वयनको लागि सरकारले देशभित्र रोजगारीका क्षेत्र तथा सम्भावित अवसरको पहिचान गरेर अन्तर मन्त्रालय छलफल गरिरहेको दाहालले बताए । श्रम मन्त्रालयले शिक्षा, पर्यटन, उद्योग, कृषि, सूचना प्रविधि, भौतिक पूर्वाधार राष्टिय गौरवका आयोजना, स्वास्थ्य र खानेपानी लगायतका १४ क्षेत्रमा रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने योजना लिएको संयोजक दाहालले बताए । 

बेरोजगार युवाले पाउने सुविधा के के छन् ?

बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यावसायिक तथा सीप विकास तालिम दिइनेछ। बेरोजगार परिवारलाई भने रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकम निर्वाह भत्ताको रुपमा परिवारको एक जनालाई बैंक खातामा भुक्तानी उपलब्ध गराइनेछ।

निर्वाह भत्ता पाउन के गर्नुपर्छ ?

रोजगार कार्यक्रम अन्तर्गत निर्वाह भत्ता पाउनको लागि परिवारका कुनै पनि सदस्यले  न्यूनतम रोजगारी नपाएको, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएको, परिवारको कुनै सदस्य स्वरोजगार नभएको तथा वैदेशिक रोजगारीमा नभएको, सरकारी तथा कुनै पनि संस्थाबाट निवृत्तभरण वा अवकाश सम्बन्धी सुविधा नलिएको भएमा रकम प्रदान गरिने उल्लेख छ। असार मसान्तभित्र रोजगारी नपाएका युवालाई निर्वाह भत्ता वितरण गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु