२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्ची खानेपानी ट्याङ्कीका ठेकदार मृत भेटिए

२०७५, २९ माघ मंगलवार १३:३४

माघ २९, ललितपुर । ललितपुरको ढोलाहिटीमा मेलम्ची खानेपानीको ट्याङ्कीका ठेकदार मृत भेटिएका छन् । भारतको बेतिया मतुवाच घर भइ हाल ललितपुर बस्दै आएका ४९ वर्षीय ईश्वर महतो मृत भेटिएका हुन् ।

ललितपुर प्रहरी परिसरका उपरीक्षक (एसपी) गोविन्द थपलियाका अनुसार महतो पानी नभएको नयाँ रिजर्ब ट्यांकीभित्र मृत भेटिएका थिए । मंगलबार बिहान प्रहरीलाई घटनाबारे जानकारी आएलगत्तै अनुसन्धान थालिएको एसपी थपलिया बताउँछन् । 

अनुसन्धान अधिकारीहरुले घटनास्थलको मुचुल्काको काम थाले पनि मृतकको परिवार नआएकाले पोष्टमार्टमका लागि पठाइएको छैन । स्रोतका अनुसार महतोको आफन्तले वीरगञ्जबाट आउँदै गरेको प्रहरीलाई जानकारी गराएपछि थप कानुनी प्रक्रिया अघि बढेको छैन ।

नयाँ बन्दै गरेको ट्यांकीमा उनी खस्नु भवितव्य हो या नियोजित बन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्युको कारणबारे भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुनेछ ।

ट्याङ्की करिब १५/२० फिट गहिरो थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने