२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीका किसानलाई पेन्सन दिइने, बजेट विनियोजन

१ फाल्गुन २०७५, बुधबार ०२:४८

फागुन १, सुर्खेत (रासस) | कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । 

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो । 

कृषिमन्त्री विमला केसीले किसान पेन्सन कार्यक्रमको कार्यविधि निर्माणका साथै प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेको बताउनुभयो । “किसानको वर्गीकरण नगरी पेन्सन दिन सम्भव छैन्”, उहाँले भन्नुभयो, “किसानकै वर्गीकरण कसरी गर्ने एवं कार्यक्रमको मोडालिटी कस्तो हुने भन्ने विषयमा विज्ञसहित छलफलमा जुटेका छौँ ।” 

खाद्य सुरक्षा विषयका अनुसन्धानकर्ता सोमत घिमिरेले किसानको वर्गीकरण आफैँमा जटिल काम भएको भन्दै वास्तविक कृषकको पहिचान गरेर मात्र राज्यले पेन्सन दिनुपर्ने बताउनुभयो । हालसम्म आठ प्रतिशत वास्तविक किसानले मात्र राज्यबाट सहुलियत पाइरहेको उहाँको भनाइ थियो । 

अर्का विज्ञ डा हरि रोकाले कर्णालीमा कृषि उत्पादनको अवस्था अत्यन्त न्यून रहेकाले किसानलाई प्रोत्साहन दिएर उत्पादन बढाउनुपर्ने बताउनुभयो । “वास्तविक किसानसँग सरकार पुग्ने लोकप्रिय यो कार्यक्रम हो, यसका लागि सरकारले किसानको वर्गीकरण गर्दा असल नियत राखेर वास्तविक किसानको पहिचान गर्नुपर्दछ”, डा रोकाले भन्नुभयो । 

मन्त्रालयका सचिव शिवनारायण चौधरीले सुझाव सङ्कलनपछि कार्यविधि निर्माण गरिने जानकारी दिनुभयो । बजेट कम भएकाले कुनै एक स्थानीय तहबाट नमूनाका रूपमा कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको धारणा थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे