2026-10-15 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री कप रनिङ्गशिल्ड सुरु

फागुन २, सुर्खेत | कर्णालीमा सर्वाधिक राशीको मुख्यमन्त्रीकप रनिङ्गशिल्ड सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा पुरुष मुख्यमन्त्रीकप भलिबल प्रतियोगिता सुरु भएको हो ।

एकलाख माथि पुरस्कार राशी राखिएको कर्णाली प्रदेशमा भलिबल खेलको यो पहिलो प्रतियोगिता हो । सामाजिक विकास मन्त्रालयअन्तर्गत खेलकुद प्रतियोगिताका लागि विनियोजित बजेटबाट यसपटक नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि मुख्ममन्त्री रनिङ्गशिल्ड नाममा प्रतियोगिता आयोजना गरिएको आयोजक मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आगामी शनिबारसम्म प्रतियोगिता संचालन हुने भएको छ ।

प्रतियोगिताको उद्घाटनमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र शिक्षाका हिसावले निकै पछाडि मानिएको कर्णालीलाई खेलकुदको क्षेत्रका रुपमा परिचित गराउने प्रतिबद्धता जनाए । ‘हाम्रो कर्णालीमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा क्षमता देखाउन सक्ने खेलाडि छन्, गाउँमा लुकेर रहेका प्रतिभालाई व्यवसायिक खेलप्रति उत्साहित गराउन नै यो प्रतियोगिता आयोजना गरिएको हो’ उनले भने, ‘सुर्खेतमा मात्रै होइन, अब अन्तर्राष्ट्रिय स्तरमा समेत कर्णालीका खेलाडिको आवश्यकता यस प्रतियोगिताले दर्शाउनेछ ।’ प्रदेश सरकार खेलकुदको विकासका लागि जिम्मेवार भएको बताउँदै उनले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गरे ।

प्रतियोगिताको पहिलो दिन नै जुम्लाले अग्रता लिएको छ । बुधबार भएको दोस्रो खेलमा पुरुष तर्फ विजयी भएको जुम्लाले महिला तर्फको खेलमा पनि विजय हासिल गरेको छ । डोल्पालाई हराउँदै पुरुष टिमले जित निकालेको थिया भने, महिलातर्फ जाजरकोटलाई हराउँदै आफ्नो जीत सुरुवात गरेको छ । यस्तै, बुधबार नै भएको पुरुषतर्फको खेलमा हुम्लालाई हराउँदै जाजरकोट विजयी भएको छ । महिला तर्फ दैलेख र मुगुबीचको खेलमा दैलेखले जित निकालेको छ भने, महिलातर्फ नै रुकुम पश्चिमलाई हराउँदै कालिकोटले विजयी सुरुवात निकालेको छ ।

१० जिल्ला रहेको कर्णालीका प्रत्येक जिल्लाबाट एक/एक वटा महिला पुरुषका टिम सहभागी भएको प्रतियोगितामा प्रथम हुने टिमले शिल्ड सहित नगद एक/एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दृतियलाई ७५/७५ हजार नगदसहित प्रमाणपत्र र तृतिय हुने टिमलाई नगद ५०/५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । सामाजिक विकास मन्त्रालयका सचिव बिकका अनुसार खेल तयारीका लागि यसअघि नै प्रत्येक जिल्लामा एक/एक लाख रुपैयाँ नगद सहयोग पठाइसकिएको थियो । प्रतियोगिता अवधिभर उत्कष्ट हुने एक महिला र एक पुरुष खेलाडिलाई नगद पाँच/पाँच हजार पुरस्कार समेत उपलब्ध गराइने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन