2026-06-23 07:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली महोत्सवको तयारी पूरा

फागुन ३, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको कर्णाली महोत्सव–२०७५ को तयारी पूरा गरिएको छ । सुर्खेत च्याम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिन लागिएको सम्पूर्ण तयारी पूरा भएको हो । 

वीरेन्द्रनगर नगरपालिकादेखि दक्षिण मैदानमा सञ्चालन गरिन लागेको महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नेछन् । आज (शुक्रबार) दिउसो १२ बजे मंगलगढी चौकबाट झाँकीसहितको र्याली निकालिने महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुर्खेत च्याम्बर अफ कमर्सका अध्यक्ष चिन्तमणि शर्माले जानकारी दिए । उनले महोत्सवमा कर्णाली प्रदेशमै उत्पादिन कृषि, लघुउद्यम बस्तुहरुको प्रदर्शनी गर्ने जनाए । ‘महोत्सवमा प्रविधि र व्यवसायीक स्टलहरु पनि रहनेछन्’ शर्माले भने, ‘बाल उद्यानसंगै मनोरञ्जनात्मक कार्यक्रमहरु समेत महोत्सव अवधिभर सञ्चालन गरिनेछ ।’ कर्णाली सरकारले अघि सारेको कर्णाली रारा पर्यटन वर्षलाई समेत महोत्सवले सहयोग पुर्याउने अपेक्षा शर्माको छ । ‘बाह्य र अन्तरिक पर्यटकलाई कर्णालीका पर्यटन स्थलसम्म पुग्न महोत्सवले टेवा पुर्याउने छ’ शर्माले थपे, ‘सरकारलाई कर्णालीको विकास लागि महत्वपूर्ण योजनाहरुलाई यथाशिघ्र सञ्चालन गर्न पहल पनि गर्नेछौं ।’ 

फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३५० स्टल छन् । महोत्सव सञ्चालनका लागि ६० लाख खर्च  लाग्ने अनुमान आयोजकको छ । महोत्सव अवधिभर झण्डै दुईलाख दर्शकहरुले अवलोकन गर्ने र १० करोडको कारोवार गर्ने अपेक्षा आयोजकको छ । यी मध्य झण्डै दुइसय बढी सुर्खेतकै व्यवसायीक स्टलहरु रहेको शर्माको भनाई छ । ‘विगतभन्दा सुर्खेतका व्यवसायहरु यो पटक धेरै सहभागी हुनुभएको छ’ शर्मा भन्छन्, ‘महोत्सवमा स्थानीय कलाकारकर्मीहरुलाई प्रोत्सान गर्न विशेष प्राथमिकता दिएर प्रतियोगिताहरु सञ्चालन गर्दैछौं ।’ महोत्सवबाट संकलन भएको रकममध्य पाँच लाखको लगानीमा वीरेन्द्रनगरमा सार्वजनिक शौचालय गरिनेछ । सामाजिक उत्तरदायित्व अन्तरगत नगरपालिकाले तोकेको ठाउँमा ६ महिनाभित्रै शौचालय निर्माण गरिने शर्माले जानकारी दिए । महोत्सवमा राष्ट्रिय लोकदोहारी गित प्रतियोगिता गरिने पनि शर्माको भनाई छ । उनका अनुसार प्रतियोगिताका प्रथमलाई ५१ हजार १११, दोस्रोलाई ३१ हजार १११, तेस्रोलाई १५ हजार १११ र चौथो हुनेलाई ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, महोत्सवमा अवधिमा उत्कृष्ट गायक/गायिकालाई भने ५ हजार १११ रुपैयाँ पुरस्कार समेत दिइनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत