2026-06-28 03:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा फेसबुक र ट्वीटर बन्द गर्ने, सरकारले बन्द गर्ने चेतवनीसहित अमेरिकालाई गर्यो पत्राचार

2019-02-15

फागुन ३, काठमाडौं । सरकारले नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसवुक र ट्वीटर बन्द गर्ने चेतावनी दिएको छ ।

नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुसार गृहले सामाजिक सञ्जाल फेसवुक र ट्वीटरलाई पत्राचार गरेको हो ।


। सामाजिक सञ्जालको अयिनंत्रित प्रयोगले नेपालमा अपराध बढेको र शान्ति सुरक्षामा खलल परेको भन्दै नेपालको कानून अनुसार दर्ता नगरे वा कार्यालय नखोले बन्द गर्ने चेतावनी दिएको हो ।

सरकारले गत विहीबार नै संसदमा सामाजिक सञ्जाल सञ्चालन गर्न नेपालमै दर्ता हुनु पर्ने प्रावधानसहितको सूचनाप्रविधि सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७५ दर्ता गराएको छ । विद्युतीय कारोवार ऐनलाई खारेज गरी नयाँ कानून बनाउने उद्देश्यसहित ल्याएको विधेयकमा भनिएको छ, ‘ सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले नेपालको सरकारी निकायमा दर्ता हुनु पर्छ ।’

विधेयक जस्ताको त्यस्तै पारित भएमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु बन्द गर्नु पर्ने अवस्था आउन सक्छ । विधेयक पारित भएर कानून बनेपछि सरकारले चाहे अनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न सक्छ । कुनै सम्प्रेषित सूचना वा विषयवस्तु हटाउन सञ्चालकलाई निर्देशन दिनसक्छ । नयाँ प्रस्ताव गरिएको कानूनमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख जरिवाना र ५ वर्ष कैद सजाय हुने प्रावधान राखिएको छ ।

सामाजिक सञ्जालप्रतिको सरकारी कदमलाई अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको रुपमा अथ्र्याउनेहरु पनि छन् । सरकारका प्रवक्ता सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने उद्देश्य नभई अनर्गल र अनुचित क्रियाकलाप नियंत्रण गर्ने भन्दै सरकारको कदमको बचाउ गरेका छन् ।

मार्क जुकरर्वर्ग र ज्याक डोर्सी जस्ता सामाजिक सञ्जाल सञ्चालकहरु नेपाल आएर दर्ता अनुमति माग्लान वा फेसबुक,ट्विटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल बन्द होलान ? अहिले नै अनुमान गर्न कठिन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी