२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेम दिवसको अवसरमा न्यूयोर्कका यूवा गायक रोकेश गुरुङको ‘म सक्दिन’ गीत सार्वजनिक

२०७५, ४ फाल्गुन शनिबार ०५:११

विजय थापा | फागुन ४, अमेरिका | अमेरिकाको न्यूयोर्कमा बस्दै आएका यूवा उदियमान गायक रोकेश गुरुङको 'म सक्दिन ' गीत सार्वजनिक भएको छ । उक्त गीत उनको आउदै गरेको प्रथम एल्वम माया बाट निकाली सार्बजनिक गरेका हुन् । 

शब्द तथा सङ्गीत स्वयम गायक रोकेश गुरुङको रहेको छ ।  यसै गरि गीतको प्रवन्ध (एरेन्ज) दिवस गुरुङले गरेका हुन् भने  भिडियो (श्रव्य दृश्य )को निर्देशन रोकेश गुरुङ ले गरेका हुन् । सुरेन्द्र मान सिंहले दृश्य सम्पादन गरेका हुन् । भिडियोमा गायक रोकेश गुरुङ तथा कुङ्गा खेमीले अभिनय गरेका छन् । 

'म सक्दिन ' गीतको भिडियो प्रेम तथा शोकपूर्ण सहितको गीत हो । उक्त गीतमा प्रेमीले आफ्नी प्रेमिकाको निम्ति समर्पण गर्दै गाएका छन् । किनभने प्रेमिका क्यान्सर बाट पीडित छिन् भने उनि केही समय पछि संसारबाट बिदा लिने अवस्थामा पुगेको उक्त भिडियोमा चित्रण गरिएको छ । 

प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्रुअरी १४ का दिन उपयुक्त हुने ठानी म सक्दिन गीत सार्बजनिक गरेको यूवा गायक रोकेश गुरुङले बताए । 

गायक गुरुङ न्यु योर्कमा बसोबास गर्छन भने उनि गायक,रचनाकार,डिजे,संगीतकार,गिटारिस्ट ,कार्यक्रम योजनाकार ,व्यवसायी,कुकुर प्रेमी तथा केटिएम इन्टरटेन्टमेन्टका संस्थापक हुन् । 

काठमाडौँ लिटल एन्जेल्स कलेज (महा बिद्यालय)बाट अध्ययन गइ उच्च शिक्षाको लागि अमेरिका आई मिनेसोटा बाट एमबिए गरेका छन् । मिनेसोटामा रहदा नेप्लिज स्टुडेन्ट एसोसिएसन (नेपाली बिद्यार्थी संघ )का अध्यक्ष समेत रहेका गायक गुरुङ हाल लुक्सो कम्पनि (प्रतिष्ठान)महा प्रबन्धक तथा मनाङ्ग समाज युएसए का अध्यक्ष समेत हुन् ।

यसको अतिरिक्त उनि प्रसिद्ध डिजे पनि हुन् भने अमेरिकामा प्रख्यात कलाकारहरु फिरोज श्याङ्गदेन ,एड्रिएँन प्रधान ,नरेन लिम्बु तथा दिवस गुरुङका सांगीतिक कार्यक्रममा गिटार बजाउने थुप्रै अवसर पाएका छन् । 


न्यू योर्कमा रहेता पनि डिजे कार्यक्रमको लागि गायक अमेरिकाको भ्रमण गरि रहेका हुन्छन । कलाकारको साथै आफूले परदेशमा कमाएको केही अंश समाज सेवामा खर्चिने गर्छन । उनले अन्धाबालबालिका तथा सडकमा हिडडूल गर्ने बालबालिकालाई अर्थ दान पनि गरेका छन् । 

यसको अतिरिक्त युवा गायक रोकेश गुरुङ लिटल एन्जेल्स कलेजमा हुदा पौडीका स्वर्ण पदक बिजेता पनि हुन् । गिटारको अतिरिक्त गायक गुरुङ बास्केट बल ,पौडी ,लन टेनिस पनि खेल्दछन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा