2026-10-18 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आफ्नै हजुरबुबाबाट पाँच वर्षीया नातिनी बलात्कृत

फागुन ४, अर्घाखाँची । अर्घाखाँचीमा शुक्रबार आफ्नै हजुरबुबाबाट पाँच वर्षीया नातिनी बलात्कृत भएकी छिन् । 

सन्धिखर्क नगरपालिका -११ डिभर्ना अमिले निवासी ६५ वर्षीय एक वृद्ध आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । 

जबरजस्ती करणीको बारेमा आमालाई बालिकाले बताएपछि आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । जानकारी पाउनासाथ तत्काल प्रहरी अधिकृतसहितको टोली गई हजुरबुबालाइ पक्राउ गरेको हो । आरोपीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

त्यस्तै बिहीबार अर्घाखाँचीको भूमिकास्थान–१, साम्नेगाउँकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठानको मल्लरानी गाउँपालिका–२ सिउतेका ६८ वर्षीय डण्डबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका शारीरिक रूपमा कमजोर देखिन थालेपछि उनकी आमाले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको हो ।

विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिई प्यूठान प्रहरीलाई बुझाएको छ । चाउचाउ खाने पैसा दिएर ललाइफकाई बालिकालाई बलात्कार गरेको पीडितले बताएकी छन् । बालिका गत पुसदेखि नै बृद्धबाट बलात्कारको सिकार हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु