२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाइजेरियामा चुनावको पूर्वसन्ध्यामा ६६ जनाको हत्या

४ फाल्गुन २०७५, शनिबार ०८:५१

फागुन ४, अबुजा | राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ । 

अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन् । 

राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले मृत्यु भएका मध्ये २२ जना बालबालिका र १२ जना महिला रहेका बताउनु भएको छ । उहाँले आक्रमणकारीहरुले आक्रमण गर्नुको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन नसकेका बताउनु भयो । 

घटनास्थलमा सुरक्षाकर्मीहरुको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरुको भनाई छ । 

उनीहरुले घटनाका दोषीहरुको खोजी गर्ने क्रममा केही आशंङ्कीत व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि बताएका छन् । 

स्थानीय सामुदायीक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्कीन नदिनका लागि प्रयास गरिरहेको पनि प्रवक्ता अरुवानले जानकारी दिनुभयो । 

उनीहरुले सुरक्षाकर्मीहरु र सरकारी अधिकारीहरुलाई सहयोग गर्न आह्वान पनि गरेको समाचारमा जनाइएको छ । 

निर्वाचनको दिन नजिकिदै गर्दा नाइजेरियामा चुनावी कार्यक्रमहरु बढ्दै गइरहेका छन् भने हिंसात्मक घटनाहरु पनि भएका छन् । 

नाइजेरियामा आज शनिबारका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन एक हप्ता पछाडीका लागि सारिएको छ । निर्वाचन हुने दिनको केही घण्टा अगाडी सूचना जारी गर्दै निर्वाचन पछाडी सारेर फेबु्रअरी २३ गते तय भएको अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता