2026-07-25 10:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाइजेरियामा चुनावको पूर्वसन्ध्यामा ६६ जनाको हत्या

फागुन ४, अबुजा | राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा नाइजेरियामा अज्ञात बन्दुकधारीहरुको आक्रमणमा परी ६६ जनाको मृत्यु भएको छ । 

अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार उत्तरी राज्य कादुनको काजुरुमा शुक्रबार भएको घटनामा उनीहरु मारिएका हुन् । 

राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले मृत्यु भएका मध्ये २२ जना बालबालिका र १२ जना महिला रहेका बताउनु भएको छ । उहाँले आक्रमणकारीहरुले आक्रमण गर्नुको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन नसकेका बताउनु भयो । 

घटनास्थलमा सुरक्षाकर्मीहरुको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरुको भनाई छ । 

उनीहरुले घटनाका दोषीहरुको खोजी गर्ने क्रममा केही आशंङ्कीत व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि बताएका छन् । 

स्थानीय सामुदायीक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्कीन नदिनका लागि प्रयास गरिरहेको पनि प्रवक्ता अरुवानले जानकारी दिनुभयो । 

उनीहरुले सुरक्षाकर्मीहरु र सरकारी अधिकारीहरुलाई सहयोग गर्न आह्वान पनि गरेको समाचारमा जनाइएको छ । 

निर्वाचनको दिन नजिकिदै गर्दा नाइजेरियामा चुनावी कार्यक्रमहरु बढ्दै गइरहेका छन् भने हिंसात्मक घटनाहरु पनि भएका छन् । 

नाइजेरियामा आज शनिबारका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन एक हप्ता पछाडीका लागि सारिएको छ । निर्वाचन हुने दिनको केही घण्टा अगाडी सूचना जारी गर्दै निर्वाचन पछाडी सारेर फेबु्रअरी २३ गते तय भएको अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ