२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुरले पनि गर्‍यो मालिकसँगै डिप्लाेमा पास, युनिभर्सिटीले दियो प्रमाणपत्र !

४ फाल्गुन २०७५, शनिबार १०:५७

घरपालुवा जनावरले व्यक्तिको जीवनमा मानिसको भूमिका निभाउन त सक्दैन । तर न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवती ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ । प्रतिभाशाली कुकुर  ग्रिफेनलाई विश्वविद्ययालयको डिप्लोमाद्वारा पुरस्कृत गरिएको छ ।


केही समय पहिले युवती ब्रिटनी होलेले क्लार्कसन युनिवर्सिटीबाट अक्युपेशनल थेरापीमा मास्टर डिग्री गरेकी थिइन् । यसको साथसाथै उनको ४ वर्षको ‘सर्भिस डग’ ग्रिफिनललाई पनि डिप्लोमाको उपाधि दिइएको छ । 

ह्वीलचेयरमा आफ्नो जीवन बिताइरहेकी ब्रिटनी ग्रिफेनको बारेमा भन्छिन्, ‘मैले पहिलो दिनबाटै ग्रिफेनीलाई ग्र्याजुयट हुनको लागि प्रोत्साहित गर्दै आएकी थिएँ । उसले सधैँ त्यही गर्थ्याे जे मैले गर्थेँ ।’

उनले भनेकी छिन्, ग्रिफेन शारीरिक कामहरु फुर्तिका साथ गर्छ । जस्तै ढोका खोल्ने, लाइट जलाउने र इसाराकै भरमा कुनै पनि चिज उनी भएसम्म पुर्‍याउनमा ग्रिफेन पोख्त भएको उनले बताएकी छिन् ।

यसको साथै महत्वपूर्ण कुरा त के छ भने, ग्रिफेनको सहयोगले ब्रिटेनीलाई डिप्रेशन, थकाइ उत्पन्न गराउने किसिमका डरहरुबाट मुक्ति मिलेको छ ।

ब्रिटनी पहिलो पटक ‘सर्भिस डग’ का लागि ‘पोज ४ प्रिजन’ मा पुगेकी थिइन् । जब उनी त्यहाँ गइन्, उनको ह्वीलचेयरका कारण सबै कुकुर तर्सिएर उनीबाट टाढा बसे तर ग्रिफेन नाम गरेको त्यो कुकुर भने दाौडिँदै उनी भएतिर आयो र उनको मुख चाट्न थाल्यो । 

ब्रिटनी र ग्रिफेनले उत्तरी क्यारोलाइको फोर्ट ब्रेगमा इन्टर्नशिप पनि गरिसकेका छन् । उनीहरुले गतिशीलताको कमीका साथसाथै मनो-सामाजिक विकारसँगै सैनिकहरुलाई सहायता पनि गरेका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान