2026-10-14 06:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला सहकारी संघको अध्यक्षमा चन्द्र प्रसाद भण्डारी निर्वाचित

कमल रावल | फागुन ५, अछाम | जिल्ला बचत तथा ऋण सहकारी संघ अछामको अध्यक्षमा चन्द्र प्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । आईतबार सम्पन्न संघको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । 

आगामी ४ बर्षका लागि गठित कार्यसमितिमा यस अघि महासचिव पदमा रहनुभएका भण्डारी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनको बन्द सत्रले समितिको उपाध्यक्षमा चेतमान बोगटी, महासचिव डम्बर बिसी कोषाध्यक्ष निर्मला रावल, सदस्यमा केशर विक, जानकी साउँद, कविता बुढा, पुष्पराज तिमिल्सैना र धन कुमार केसी, देवराज जैसी र देवेन्द्र बहादुर धामी रहेका छन् । नव निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक नवराज देवकोटाले प्रमाणपत्र दिँदै सफथ गराउनु भएको थियो ।

 

नवनिर्वाचित अध्यक्ष भण्डारीले सहकारी युगको माग र आवश्यक्ता भएको भन्दै जिल्लामा सहकारी आन्दोलनलाई अघि बढाउन भूमिका खेल्ने बताउनु भयो । पछिल्लो समय सहकारीमाथि प्रश्न उठ्दै गएको भन्दै यसको अन्त्यको लागि विभिन्न स्थानीय तहसंग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम अघि बढाउने उहाँको भनाई छ । नवनिर्वाचित अध्यक्ष भण्डारी मंगलसैन ६ मा रहेको मालिका बचत तथा ऋण सहकारी संस्थाको ३ कार्यकाल अध्यक्ष रहनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश