2026-09-03 12:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब २५ वर्षीय महिलाले एकैपटक ७ वटा बच्चा जन्माइन् !

काठमाडौं | पूर्वीइराकको दियालीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँकी एक २५ वर्षीय महिलाले एकैपटक ७ वटा बच्चा जन्माएकी छन् ।

ती महिलाको नाम भने खुलाइएको छैन । यद्यपि, उनले अस्पतालमा प्राकृतिक प्रसूतिबाटै बच्चा जन्माएको र आमा तथा बच्चा सबैको स्वास्थ्य राम्रो रहेको डेलीमेलले जनाएको छ ।

सरकारी अधिकारीका अनुसार कुनै पनि महिलाले एकै बेतमा ७ बच्चा जन्माएको इराकमा यो पहिलो घटना हो ।

ती महिलाले नर्मल डेलिभरीबाट जन्माएका ७ बच्चामध्ये ६ जना छोरी र १ जना छोरा छन् ।

यसअघि सन् १९९७ मा अमेरिकामा एकजना महिलाले ७ जना बच्चा जन्माएकी थिइन् । तर उनले बच्चा जन्माउँदा शल्यक्रिया गर्नुपरेको थियो । त्यो घटनापछि तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टनले उक्त दम्पत्तिलाई भेट गरी बधाइ दिएका थिए । साथै उक्त दम्पत्तिलाई घर तथा अन्य आर्थिक सहयोग गर्नुका साथै सबै बच्चालाई पढ्नका लागि छात्रवृत्तिसमेत प्रदान गरेका थिए ।

त्यस्तै सन् २०१३ मा लेबनानमा एकजना महिलाले ६ जना बच्चा जन्माएकी थिइन् । जसमा ३ छोरा र ३ छोरी थिए ।

अहिले ७ जना बच्चा जन्माउने इराकी महिलाको नाम तथा पहिचान नखुलाइएको भए पनि उनका पतिको नाम भने युसुफ फदल रहेको बुझिएको छ । अब आफूमाथि कूल १० जनाको जिम्मेवारी आएको उनले बताएका छन् । बच्चाको हेरचाहका लागि उनको घरमा अरु १० जना सदस्य छन् । आफूहरुलाई अब बच्चाको रहर पुगेको पनि उनले बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन