२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइल किन्दै हुनुहुन्छ ? सावधान ! यी कुरामा ध्यान दिनुहोस्

२०७५, ६ फाल्गुन सोमबार ०८:४९

काठमाडौं – तपाईं स्मार्ट फोन किन्दै हुनुहुन्छ ? स्मार्ट फोन किन्दा यी कुरामा ध्यान दिनुहोस् । नयाँ स्मार्ट फोन किन्दा विशेषगरी स्क्रिन तथा डिस्पे (रिजोलुसन), ब्याट्री, प्रोसेसर, र्‍याम, स्क्रिन क्वालिटीलगायतका विषयमा ध्यान दिनु जरुरी हुन्छ । त्यस्तै अलि चलेको कम्पनी रोज्नुपर्छ, ताकि फोनमा समस्या आएमा ग्राहक सेवा तुरुन्त पाइयोस् । 

आवश्यकता के हो ?

तपाईंको आवश्यकता के हो ? यकिन गरेर मात्र कुन ब्राण्ड र मोडेलको स्मार्ट फोन किन्ने हो निधो गर्नुहोस् । आफ्नो बजेट र आवश्यकताबमोजिमको स्मार्ट फोन किन्नु होस्, अरूले कस्तो मोबाइल बोकेका छन् भन्नुभन्दा पनि तपाईंको स्मार्ट फोन के कामका लागि हो, सोबमोजिम ब्राण्ड र मोडेल राज्नुहोस् । 

स्क्रिन रिजोलुसनः

स्मार्ट फोन किन्दा स्क्रिन रिजोलुसनमा ध्यान दिनुहोस् । बजारमा उच्च गुणस्तर 720×1280 HDƒ1920×1080 Full HD  रिजोलुसनसम्मका स्मार्ट फोन उपलब्ध छन् । स्क्रिन रिजोलुसन छान्दा HVGA– 480×320, VGA–  640×480, FWVGA– 854×480  जस्ता रिजोलुसन राम्रो मानिन्छन् । महँगो फोन किन्न चाहनुहुन्छ छ भने फुल एचडी  (1920×1080 Full HD)पिक्सल फोन लिनुहोस् । स्क्रिनको साइज रोज्दा मिडियम साइजमा किन्नु राम्रो हुन्छ । 

पिक्सल डेन्सिटी

स्मार्ट फोनको गुणस्तर मापन गर्ने अर्को मापन पिक्सल डेन्सिटीलाई प्रमुख रूपमा हेरिन्छ । मोबाइलको स्क्रिनको डिस्प्लेको एक इन्चको दूरीमा कति पिक्सल छ भन्ने मापन नै पिक्सल डेन्सिटी हो । जति धेरै पिक्सल डेन्सिटी (Pixels Per Inch, PPI) भयो त्यति नै मोबाइलको भिजिबिलिटी राम्रो हुन्छ । त्यसैले स्मार्ट फोन किन्नुभन्दा पहिले पिक्सल डेन्सिटी (पीपीआई) को बारेमा जान्नु धेरै राम्रो हुन्छ । 

अपरेटिङ सिस्टम

स्मार्ट फोनमा विशेषतः एन्ड्रोइड, आईओएस र विन्डोज अपरेटिङ सिस्टम रहेका छन् । कुनै पनि स्मार्ट फोन खरिद गर्दा सो अपरेटिङ सिस्टमको नयाँ भर्सनको मोबाइल खरिद गर्नुहोस् । नयाँ भर्सनका स्मार्ट फोनमा नयाँ एप सर्पोट गर्नुका साथै सुरक्षाका हिसाबले समेत भरपर्दो हुने भएकाले नयाँ भर्सन भएको मोबाइल किन्नु राम्रो हुन्छ । 

प्रोसेसर र र्‍याम

तपाईंले फोन किन्दा अर्को ध्यान दिनुपर्ने महŒवपूर्ण कुरा प्रोसेसर र र्‍याम हो । प्रोसेसर र र्‍याम जति धेरै क्षमताको भयो स्मार्टफोन त्यति नै द्रूत गतिमा चल्छ । त्यसैले मोबाइल किन्दा तपाईंको आवश्यकताभन्दा कम क्षमताको प्रोसेसर र र्‍याममा कहिल्यै पनि सम्झौता नगर्नुहोस् । 

मेमोरी

स्मार्ट फोन किन्दा विशेषगरी मोबाइलको इन्टर्नल मेमोरीमा ध्यान दिनुहोस् । एक्सटर्नल मेमोरी पछि थपघट गर्न मिल्छ तर इन्टर्नल मेमोरी मोबाइल किनिसकेपछि थप्न मिल्दैन । जति थोरै इन्टर्नल मेमोरी भयो त्यति धेरै फोन ह्याङ हुने र मोबाइल चलाउँदा अड्कने समस्या देखिन्छ । स्मार्ट फोन किन्दा आफूलाई आवश्यक पर्ने इन्टर्नल मेमोरी भएको मोबाइल रोज्नुहोस् । 

ब्याट्री

स्मार्टफोनमा अन्य साधारण फोनको तुलनामा धेरै ब्याट्री खपत हुन्छ । मोबाइल किन्दा ब्याट्री कति क्षमताको छ, यसमा ध्यान दिनुहोस् । साथै आजकाल ब्याट्री सेभर मोड भएका मोबाइल सेटसमेत आएका छन्, भरसक यस्ता फिचर भएका मोबाइल रोज्नुहोस् । साथै तपाईं धेरै मोबाइल चलाउनुहुन्छ भने निकाल्न मिल्ने (रिमुवेबल) ब्याट्री भएको फोन किन्नुहोस् । २००० एमएएच क्षमताभन्दा माथिका ब्याट्री भएका मोबाइल किन्नुहोस् । 

क्यामेरा

मोबाइल किन्दा तपाईंले ध्यान दिनुपर्ने अर्को पक्ष क्यामेराको गुणस्तर हो । आजकाल सेल्फी लिने चलन चलेको छ, त्यसैले रेयर क्यामराका साथै फ्रन्ट क्यामराको क्षमताको समेत ख्याल गर्नुहोस् । क्यामेराको गुणस्तर मेगा पिक्सलमा मापन गरिने भएकाले जति धेरै मेगा पिक्सल त्यति धेरै गुणस्तरको तस्बिर लिन सकिन्छ । त्यसैले आफ्नो आवश्यकताबमोजिमको क्यामेरा गुणस्तर भएको मोबाइल किन्नुहोस् । 

कनेक्टिभिटीक

मोबाइल किन्दा टुजी, थ्रीजी र फोरजी तीन वटै ब्याण्ड सर्पोट गर्छ कि गर्दैन ध्यान दिनु जरुरी छ । मोबाइलमा थ्रीजी र फोरजी भएको मोबाइलमा डाटा चलाउँदा तीव्र गतिमा इन्टरनेट सर्च गर्न सकिन्छ । साथै मोबाइल किन्दा सेटमा वाइफाइको नयाँ भर्सन रहे नरहेको यकिन गर्नुहोस् । 

वारेन्टी, ग्यारेन्टी

मोबाइल किन्दा विचार गर्नुपर्ने अर्को महत्वपूर्ण पक्ष भनेको त्यसमा रहेको वारेन्टी, ग्यारेन्टी हो । कम्तीमा पनि एक वर्ष सेटमा र छ महिना ब्याट्री र एसेसरिजमा वारेन्टी, ग्यारेन्टी भएको मोबाइल सेट किन्नु बुद्धिमानी हुन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह