फागुन ७, काठमाडौँ | गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ७, काठमाडौँ | गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगि"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत उपचारले एक पटक उभिन नपाउदै खुट्टा गुम्यो, श्रेयनको दर्दनाक कथा (भिडियोसहित)

७ फाल्गुन २०७५, मंगलवार १२:५४

फागुन ७, काठमाडौँ | गलत उपचारका कारण एक बालकको खुट्टा खुट्टा गुमेको छ । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको हो । कोक्रोबाट लडेका श्रेयन.लाई तत्काल स्थानीय लाइफ लाइन अस्पतालमा लगिएको थियो ।

एक्स रे गर्दा उनको देव्रे तिघ्राको हड्डी भाँचिएको थाहा भयो । जडिबुटी उपचार पद्धतिप्रतिको विश्वासका कारण बराइलीले स्थानीय राजकुमार लिम्बूको उपचार केन्द्रमा पु¥याए । 

त्यसपछि अहिले झापाबाट काठमाडौ ल्याएर बालकको उपचार भैरहेको छ । जडिबुटी उपचार पद्धतिबाट लिम्बूले गलत उपचार गरेकाले बालकको खुट्टा काट्नु परेको ग्राण्डि अन्तराष्ट्रिय अस्पतालले जनाएको छ । सम्बन्धीत क्षेत्रबाट अनुमति नलिई उपचार केन्द्र संञ्चालन गरेका लिम्बुको कारणले बालकले खुट्टा गुमाएपनि लिम्बुलाई भने कारवाही भएको छैन ।

थप उपचारका लागि पैसा सकिएपछि बराइली परिवारमा चिन्तामाथि चिन्ता थपिएको छ । रविन ज्यालादारी मजदुर हुन् । दैनिक ४–५ सय कमाउँथे । तर, छोराको यस्तो अवस्था भएपछि काममा जान पाएका छैनन् । रविनकी पत्नी ममता गृहणी हुन् । गाउँघर छरछिमेकीले दिएको सहयोग र ऋण खोजेर जुटाएको पैसा सकिएपछि बाँकी उपचारबाट छोरालाई सञ्चो बनाउन उनीहरुले आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान