२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलमा ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा !

२०७५, ८ फाल्गुन बुधबार ०८:५९

फागुन ८, काठमाडौं । गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’सर्च गर्दा पाकिस्तानको झण्डा देखिन्छ । यस विषयलाई लिएर गुगलको आलोचना भएको थियो । गुगलले भने ‘ट्वाइलेट पेपर’ सर्च गर्दा पाकिस्तानको झण्डा देखिनुमा आफूहरु जिम्मेवार नभएको स्पष्टीकरण दिएको छ ।


गुगलका प्रवक्ताले भनेका छन्, ‘गुगलमा ट्वाइलेट पेपरको ठाउँमा पाकिस्तानको झण्डाको तस्वीर देखिएको प्रमाण अझैसम्म फेला परेको छैन । यद्यपि यस विषयमा अनुसन्धान जारी छ ।

मिडिया रिपोर्टर्स र अन्य धेरै व्यक्तिहरुले सामाजिक सन्जालमा लेखिएअनुसार १४ फेब्रुअरीमा जम्मु काश्मिरको पुलवा जिल्लामा आक्रमणपछि गुगलमा ‘Best toilet paper in the world’ सर्च गर्दा पाकिस्तानको झण्डाको तस्वीर देखिएको थियो ।

धेरै व्यक्तिहरुले सर्च रिजल्टको स्क्रिन सट फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सन्जालहरुमा शेयर गरेका छन् । ट्वीटरमा #Best_toilet_paper_in_the_world ह्यासट्याग ट्रेन्डिङमा पनि देखिएको थियो ।

गुगलका प्रवक्ताले भनेका छन्- जबदेखि यो खबर भाइरल भयो त्यही बेलादेखि ति सबै फोटोको र्‍याङ्किङ जाँच भइरहेको छ । तर के हो भने गुगलको सर्च रिजल्ट अर्बौं की-वर्ड्सको र्‍याङ्किङको आधारमा देखिन्छ । यो र्‍याङ्किङ व्यापकता र लोकप्रियता जस्ता दुई सय वटा कारणबाट तय हुन्छ ।’

गुगलमा एउटा कुरा सर्च गर्दा अर्कै देखिनु पहिलो पटक भने होइन । यसअघि ‘फेकु’, ‘पप्पु’ र ‘इडियट’ शब्द सर्च गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखिन्थे । यस्तै ‘भिखारी’ शब्द सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्वीर देखिन्थ्यो ।

‘इडियट’ शब्द सर्च गर्दा ट्रम्पको फोटो देखिएपछि अमेरिकी सांसदहरुले गुगलका सीईओ सुन्दर पिचाईसँग जवाफ मागेका थिए । त्यतिबेला पिचाईले भनेका थिए- सर्च रिजल्टसँग मजाक गर्न गुगल या गुगलका कर्मचारीहरुका लागि सम्भव छैन । सर्च रिजल्ट त अल्गोरिदम (गणना गर्ने कम्प्युटरको विधि) बाट देखिन्छ न कि कर्मचारीहरुबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा