2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक, के-के छन् फिचर ? (हेर्नुहोस् मुल्यसहित)

फागुन ९, काठमाडौं | सामसुङले आफ्नो नया फ्लेगशीप स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकाको सैन फ्रेसिस्कोमा आयोजित UNPACKED- 2019 कार्यक्रमकाबीच सामसुङले यो नयाँ मोडेलको स्मार्ट मोबाइल फोन लन्च गरेको हो । 

सामसुङले सबैभन्दा पहिलो पटक यो मोडिने खालको स्क्रीनको साथमा Galaxy Fold स्मार्ट फोन सार्वजनिक गरेको हो । सामसुङले नयाँ मोडेलको यो स्मार्ट फोन को  शुरुआत Galaxy Fold को साथ गरेको जनाएको छ । ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ रहेको छ । सामसुङले यसको बिक्री वितरण भने आउदो अप्रिल ६ देखि गर्ने जनाएको छ । यो मोबाईल फोन कालो, सिल्भर, हरियो र निलो गरि ४ ओटा कलरमा उपलब्ध हुनेछ । जुन स्मार्टफोन 5G कनेक्टिविटीको साथमा बजारमा आउने छ ।

ग्यालेक्सी फोल्डमा ६ वटा क्यामरा – एउटा फ्रन्ट, तीनवटा ब्याक र दुई भित्रीतर्फ छ । तीनवटा रियर क्यामरामध्ये एउटा १६ मेगापिक्सल र दुई १२ मेगापिक्सलका छन् । भित्रका दुई क्यामरा १० र ८ मेगापिक्सल र फ्रन्ट क्यामरा १० मेगापिक्सलको छ ।

सामसङको फोल्डेबल फोन एन्ड्रोइड ९.० भर्सनमा चल्नेछ । यो दुई भेरियन्ट 4G LTE र 5G मा उपलब्ध हुन्छ । 

फोल्डेबल फोनमा दुई ब्याट्रि छन् । यसको कूल क्षमता 4,380mAh   हो । फोनमा १२ जीबी –याम र ५१२ जिबी इनबिल्ट स्टोरेज पाइन्छ । यसलाई बढाउनका लागि कुनै विकल्प उपलब्ध छैन ।

सामसुङका अनुसार यो स्मार्ट फोनमा Infinity Flex डिस्प्ले हुनेछ । साउंड क्वॉलिटी को लागि भने AKG ऑडियो हुनेछ । यसमा एक साथ तीन एप एकैपटक प्रयोग गर्न सकिनेछ ।  यूट्यूब भिडियो, म्यासेज र म्याप  एक साथ प्रयोग गर्न सकिनेछ । अर्कोतिर यो स्मार्ट फोनमा दुई डिस्प्लेको प्रयोग गरिएको छ जुन एकैपटक काम गर्नेछ्न ।

यसका साथै सामसङले ग्यालेक्सी एस १० सिरिजका तीन मोडल ग्यालेक्सी एस१० ई, एस १० प्लस र एस१० लञ्च गरेको छ । एस१० को फाइभजी भेरियन्ट पनि लञ्च गरेको छ ।

ग्यालेक्सी एस१० ईमा ५.८ इन्चको डिस्प्लेको साथमा स्न्यापड्र्यागन ८५५ प्रोसेसर दिइएको छ । यसको रियरमा १६+१२ मेगापिक्सलको ड्युअल क्यामरा र फ्रन्टमा १० मेगापिक्सलको क्यामरा छ । यसमा 3100mAh  को ब्याट्रि छ । यसको ६ जीबी –याम, १२८ जीबी स्टोरेज र ८ जीबी –याम, २५६ जीबी स्टोरेजका साथै दुई मोडल लञ्च गरिएको छ । यसको सुरुवाती मोडलको मूल्य ७५० डलर अर्थात् ८५ हजार रुपैयाँ छ ।

ग्यालेक्सी एस१० मा ६.१ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसको रियरमा १६+१२+१२ मेगापिक्सलको ट्रिपल क्यामरा र १० मेगापिक्सलको फ्रन्ट क्यामरा छ । यसमा 3400mAh को ब्याट्रि दिइएको छ । यसलाई १२८ जीबी र ५१२ जीबी स्टोरेजको साथमा दुई मोडलमा उतारिएको छ र दुबैमा ८ जीबीको –याम पाइन्छ । यसको सुरुवाती मोडलको मूल्य ९ सय डलर अर्थात् एक लाख बढी छ ।

ग्यालेक्सी एस१० प्लस प्रिमियम मोडल हो जसमा ६.४ इन्चको डिस्प्ले र स्न्यापड्र्यागन ८५५ प्रोसेसर छ । यसमा पनि रियरमा १६+१२+१२ मेगापिक्सलको क्यामरा र फ्रन्टमा १०+८ मेगापिक्सलको ड्युल क्यामरा छ । यसलाई ८ जीबी –याम, ५१२ जीबी स्टोरेज र १२ जीबी –याम, १ टीबी स्टोरेजसहित दुई मोडलमा पनि उतारिएको छ जसको सुरुवाती मूल्य लगभग एक लाख १४ हजार रुपैयाँ छ । यसमा 4100mAh   को ब्याट्रि दिइएको छ । यी तीनै मोडलको स्टोरेजलाई ५१२ जीबीसम्म बढाउन सकिन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई