2026-09-13 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

उमरी गाउँ अब ‘एकता स्मार्ट कृषि गाउँ’

माधव बेल्वासे । फागुन १०, कपिलवस्तु । तरकारी खेतीमा पहिचान बनाएको कपिलवस्तुको शिवराज नगरपालिका १ उमरी गाउँमा तरकारी खेती र बाख्रा पालनमा स्मार्ट कृषि गाउँ बनाउने निर्णय भएको छ । प्रदेश ५ का १२ जिल्लाका ५२ निर्वाचन क्षेत्रमा एक र एक स्मार्ट कृषि गाउँ बनाउने योजना अन्तर्गत उमरीमा स्मार्ट कृषि गाउँ कार्यक्रम शुरु गरिएको हो ।

पहिलो चरणमा स्थानीयसँग वृहत छलफलबाट समिति गठन र स्मार्ट कृषि गाउँको लागि व्यवसाय छनौट गरिएको छ । प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र कृषि ज्ञान केन्द्र कपिलवस्तुको प्राविधिक सहयोगमा कार्यक्रम अघि बढाइएको हो ।

प्रदेश सांसद अर्जुन कुमार के.सी.ले कृषिमा नयाँ परिवर्तन सहित उदाहरणीय गाउँको रुपमा पहिचान बनाउन सक्रियताका साथ लाग्न स्थानियहरुलाई आग्रह गरे । आफुले गर्न सक्ने र आर्थिक अवस्था बलियो हुने खालको ब्यावसाय रोज्नुपर्ने सासद केसीले वताए ।“यस ठाउँको माटो सुहाउँदो, भुगोल सुहाउँदो व्यवसाय छनौट गर्नुस”सांसद केसीले उनले भने । कृषि ज्ञानकेन्द्र कपिलवस्तुका बाली विकास प्रमुख सहसराज चौधरीले व्यवसाय संचालन गरी जिल्लामै नमूना स्मार्ट गाउँ बनाउन कृषि ज्ञान केन्द्रबाट हुनसक्ने सहयोग पु¥याउने जनाए ।

राधेश्याम चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्य सचिवमा निशा थारु चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा हर्जी थारु, लहानु थारु, राजु घर्ती, खुशीराम थारु र पटेश्वरी थारु चयन भएका छन् । भेलाबाट समितिको नाम समेत छनौट गरिएको छ । सबैको सहमति अनुसार समितिको नाम “एकता  स्मार्ट कृषि गाउँ” नामाकरण गरिएको छ । 

कृषकले गर्ने खेती प्रणाली देखि लिएर, किसानको उत्पादन, बजारीकरण सम्मको कार्य पुरा गर्ने गरी स्मार्ट कृषि गाउँलाई अगाडि बढाइएको हो । स्मार्ट कृषि गाउँ अन्तर्गत जलवायु, सिंचाई, पोषकतत्व, प्राविधिक र बजारीकरण स्मार्ट हुनुपर्ने हुन्छ । स्मार्ट कृषि गाउँको लागि प्रदेश सरकारको भूमि तथा कृषि मन्त्रालयले ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले