२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले इतिहासमै पहिलोपटक महिलालाई राजदूतमा नियुक्त गर्‍यो

१३ फाल्गुन २०७५, सोमबार ०२:४२

फागुन १३, काठमाडौँ । साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

उनी साउदीका तर्फबाट अमेरिकाका पूर्व राजदूतपुत्री हुन् । आफ्नो बाल्यकाल वासिङट्नमा विताएकी शाही खान्दानकी बन्दारले विद्यालय र कलेज तहको अध्ययन पनि अमेरिकाबाट लिएकी थिइन् ।

अमेरिकी अखवार ‘द वासिङटन पोस्ट’ का पत्रकार जमाल खसोग्जीको हत्यापछि साउदी–अमेरिका सम्बन्ध चिसिएका बेला सो मुलुकले रीमालाई नयाँ दूत नियुक्त गरेको हो ।

गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी बाणिज्य दूतावासबाट बेपत्ता भएका खसोग्जीको दूतावास परिसरभित्रै हत्या भएको थियो ।

त्यसयता साउदी–अमेरिका सम्बन्ध चिसिदै आएको छ । साउदी नागरिक खसोग्जी पछिल्लो समयमा अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए भने उनी आफ्नो मुलुकको राजपरिवारको कडा आलोचना गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ