५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

१३ फाल्गुन २०७५, सोमबार १४:२०

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो ।  सो परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गरेकाहरुको योग्यताक्रम अनुसार नाम प्रकाशित गरिएको छ। 

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिका र गाँउपालिका) मा खटाईने व्यवस्था मिलाईएको छ। 

योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निष्पक्ष र पारदर्शी तरिकाले भर्ना गर्नको लागि पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  रोजगार संयोजकको छनौटका लागि श्रम मन्त्रालयका सचिवको संयोजकत्वमा लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व भएको एउटा पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो। त्यसैगरी प्रदेशगत रूपमा आवेदन माग गरिएकोले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवज्यूहरूको संयोजकत्वमा मापदण्ड बमोजिमको प्रदेशगत छनौट समिति समेत गठन गरी छनौट प्रक्रिया सम्पन्न गरिएको थियो । 

छनौट भएका उम्मेदवारहरूले शिघ्र यस मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क राख्नु हुन जानकारी गराईएको छ। विद्युतीय भर्ना प्रणालीबाट छनौट भएका तथा अन्य प्रतिस्प्रर्धी उम्मेदवारहरूले प्राप्त गरेको अंक देखिने गरी विस्तृत जानकारीको विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईटमा उपलब्ध गराईएको छ ।

प्रदेशगत रूपमा रोजगार संयोजकको पदको माग संख्या, आवेदकको संख्या, प्रारम्भिकसूचीमा समावेश संख्या, कम्प्युटर सीप परिक्षणको परीक्षामा सहभागी संख्या र छनौट भएका रोजगार संयोजकहरूको संख्या देहाय बमोजिम रहेको छ ।


प्रदेश १ मा शाखा अधिकृतको लागि १३० जनाको कोटामा ६७ जना र नासु ७ जनाको कोटामा ५ जना मात्रै पास भएका छन् । प्रदेश २ मा १३६ शाखा अधिकृतको कोटामा ९८ जना पास भएका छन् । प्रदेश ३ मा ११२ शाखा अधिकृतको कोटामा ९५ जना मात्रै पास भएका छन् । त्यस्तै गरि गण्डकी प्रदेशमा ७४ जना शाखा अधिकृतको कोटामा ६७ जना मात्रै पास भएका छन् । कर्णाली प्रदेशको लागो शाखा अधिकृतको ६२ कोटामा जामा २० जना मात्रै पास भएका छन् भने नासु तर्फ १७ कोटामा ९ जना पास भएका छन् । त्यस्तै सुदूर पश्चिम प्रदेशको लागि शाखा अधिकृतको ८२ कोटामा ३३ जना मात्रै छनौट भएका छन् ।

अपुग ठाउँमा २ विकल्प हुनसक्छ : प्रकाश दाहाल, संयोजक, प्रधानमन्त्री रोजगार कार्यक्रम 

सरकारले पुर्व निर्धारित कार्यतालिका अनुरुप नै रिजल्ट निकालेको हुनाले छनौट भएका व्यक्तिहरुलाई फागुन २५ गतेभित्र नै सम्बन्धित स्थानीय तहमा खटाउने प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक प्रकाश दाहालले बताए। छनौट हुन योग्यता नपुगेका कारण २ सय ३२ स्थानीय तहको हकमा तत्काल पुन पदपूर्ति प्रक्रियामा जान सकिने सम्भावना समयावधिको हिसाबले असम्भव हुने दाहालको तर्क छ तर यसका लागि आवश्यक सर सल्लाह गरेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार यो समस्या समाधान गर्न  विकल्पका रुपमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरि स्थानीय तहकै कर्मचारीबाट पनि जिम्मेवारी दिएर कार्यक्रम शुरु गर्नुपर्ने अवस्था हुनसक्छ। त्यस्तै निजामती तर्फका फाजिलमा रहेका कर्मचारी उपलब्ध भए तिनीहरुलाई काजमा खटाएर लैजान सकिने दाहालले बताए ।

सातै प्रदेशको नतिजाहरु तल क्लिक गरि हेर्नुहोस् 

प्रदेश १ को नतिजा हेर्नुहोस् 

प्रदेश २ को नतिजा हेर्नुहोस् 

प्रदेश ३ को नतिजा हेर्नुहोस् 

गण्डकी प्रदेशको नतिजा हेर्नुहोस् 

प्रदेश ५ को नतिजा हेर्नुहोस् 

कर्णाली प्रदेशको नतिजा हेर्नुहोस्  

सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले अतिरिक्त सचीव अनावश्यक रहेको बताए नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिए नेपोनको अध्यक्षमा विनोद पाण्डे चयन गृहमन्त्री लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताए निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिए बारामा ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जना तस्कर पक्राउ काठमाडौँबाट हेटौंडा आउँदै गरेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु र १४ जना घाइते दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक चिप्लो हुँदा यातायात आवागमनमा अवरुद्ध