मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो । सो परीक्षामा उत्तिर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गरेकाहरुको योग्यताक्रम अनुसार नाम प्रकाशित गरिएको छ।

अन्तिम छनौटमा परेका उम्मेदवारहरूलाई योग्यताक्रम अनुरूप आफुले रोजेको स्थानीय तहमा काम गर्ने छनौटको अवसर दिई सात दिनभित्र करार सम्झौता गरी तोकिए बमोजिमको जिम्मेवारी बहन गर्न सम्बन्धित स्थानीय तह (नगरपालिका र गाँउपालिका) मा खटाईने व्यवस्था मिलाईएको छ।

योग्य र सीपयुक्त कर्मचारीलाई शतप्रतिशत निष्पक्ष र पारदर्शी तरिकाले भर्ना गर्नको लागि पहिलो पटक पूर्णतः विद्युतीय भर्ना प्रणाली अवलम्बन गरिएको श्रम मन्त्रालयले जनाएको छ। रोजगार संयोजकको छनौटका लागि श्रम मन्त्रालयका सचिवको संयोजकत्वमा लोक सेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरूको प्रतिनिधित्व भएको एउटा पदपूर्ति निर्देशक समितिको गठन गरिएको थियो। त्यसैगरी प्रदेशगत रूपमा आवेदन माग गरिएकोले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिवज्यूहरूको संयोजकत्वमा मापदण्ड बमोजिमको प्रदेशगत छनौट समिति समेत गठन गरी छनौट प्रक्रिया सम्पन्न गरिएको थियो ।

छनौट भएका उम्मेदवारहरूले शिघ्र यस मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रममा सम्पर्क राख्नु हुन जानकारी गराईएको छ। विद्युतीय भर्ना प्रणालीबाट छनौट भएका तथा अन्य प्रतिस्प्रर्धी उम्मेदवारहरूले प्राप्त गरेको अंक देखिने गरी विस्तृत जानकारीको विवरण प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईटमा उपलब्ध गराईएको छ ।

प्रदेशगत रूपमा रोजगार संयोजकको पदको माग संख्या, आवेदकको संख्या, प्रारम्भिकसूचीमा समावेश संख्या, कम्प्युटर सीप परिक्षणको परीक्षामा सहभागी संख्या र छनौट भएका रोजगार संयोजकहरूको संख्या देहाय बमोजिम रहेको छ ।

प्रदेश १ मा शाखा अधिकृतको लागि १३० जनाको कोटामा ६७ जना र नासु ७ जनाको कोटामा ५ जना मात्रै पास भएका छन् । प्रदेश २ मा १३६ शाखा अधिकृतको कोटामा ९८ जना पास भएका छन् । प्रदेश ३ मा ११२ शाखा अधिकृतको कोटामा ९५ जना मात्रै पास भएका छन् । त्यस्तै गरि गण्डकी प्रदेशमा ७४ जना शाखा अधिकृतको कोटामा ६७ जना मात्रै पास भएका छन् । कर्णाली प्रदेशको लागो शाखा अधिकृतको ६२ कोटामा जामा २० जना मात्रै पास भएका छन् भने नासु तर्फ १७ कोटामा ९ जना पास भएका छन् । त्यस्तै सुदूर पश्चिम प्रदेशको लागि शाखा अधिकृतको ८२ कोटामा ३३ जना मात्रै छनौट भएका छन् ।

अपुग ठाउँमा २ विकल्प हुनसक्छ : प्रकाश दाहाल, संयोजक, प्रधानमन्त्री रोजगार कार्यक्रम

सरकारले पुर्व निर्धारित कार्यतालिका अनुरुप नै रिजल्ट निकालेको हुनाले छनौट भएका व्यक्तिहरुलाई फागुन २५ गतेभित्र नै सम्बन्धित स्थानीय तहमा खटाउने प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक प्रकाश दाहालले बताए। छनौट हुन योग्यता नपुगेका कारण २ सय ३२ स्थानीय तहको हकमा तत्काल पुन पदपूर्ति प्रक्रियामा जान सकिने सम्भावना समयावधिको हिसाबले असम्भव हुने दाहालको तर्क छ तर यसका लागि आवश्यक सर सल्लाह गरेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार यो समस्या समाधान गर्न विकल्पका रुपमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरि स्थानीय तहकै कर्मचारीबाट पनि जिम्मेवारी दिएर कार्यक्रम शुरु गर्नुपर्ने अवस्था हुनसक्छ। त्यस्तै निजामती तर्फका फाजिलमा रहेका कर्मचारी उपलब्ध भए तिनीहरुलाई काजमा खटाएर लैजान सकिने दाहालले बताए ।

सातै प्रदेशको नतिजाहरु तल क्लिक गरि हेर्नुहोस्

प्रदेश १ को नतिजा हेर्नुहोस्

प्रदेश २ को नतिजा हेर्नुहोस्

प्रदेश ३ को नतिजा हेर्नुहोस्

गण्डकी प्रदेशको नतिजा हेर्नुहोस्

प्रदेश ५ को नतिजा हेर्नुहोस्

कर्णाली प्रदेशको नतिजा हेर्नुहोस्

सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस्

अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसमाजसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML
देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प
Leave a Comment