२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक जागरण आवश्यक: गृहमन्त्री थापा

२०७५, १८ फाल्गुन शनिबार ००:१७

फागुन १८, भक्तपुर | गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको छ । 

आज चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनपछि समृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको हो । 

लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उहाँले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो । 

आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ शुरु भएको महोत्सवमा देशभरका हजारांै लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिनुभयो । 

महोत्सवमा भक्तपुरको पहिचान बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको छभने काठमाडौँ रङ्गशालाबाट सडक सुरक्षाको नारासहित कार ¥यालीको समेत आयोजना गरिएको छ । 

महोत्सवमा भक्तपुरको सांस्कृतिक झाँकी, नृत्य, माटोको भाँडा बनाउने, परम्परागत कपडा बुन्ने, नेवारीलगायत परम्परागत खानाको स्टल, जुजु धाँै, चर्चितगायक गायिकाको प्रस्तुति, विभिन्न खेललगायतका करीब ६० वटा स्टल रहेको छ । यहाँ प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेल आयोजना गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु