2026-09-19 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङको Galaxy M30 सार्वजनिक, कति पर्छ मुल्य ? हेर्नुहोस्

काठमाडौं । सामसुङले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एम सिरिजलाई बिस्तार गर्दै नयाँ स्मार्टफोन ग्यालेक्सी एम ३०(Galaxy M30) भारतीय बजारमा सार्वजनिक गरेको हो ।

नयाँ ग्यालेक्सी एम ३० स्मार्टफोन यसअघि सार्वजनिक भएको ग्यालेक्सी एम १० र एम २० सिरिजमा नयाँ स्मार्टफोन हो । ग्यालेक्सी एम ३० यसअघि आएका एम१० र एम २० जस्तै अनलाइन एक्सक्लूसिभ स्मार्टफोन हो ।

यो स्मार्टफोनमा सूपर एमालेड डिस्प्ले राखिएको छ भने यसमा ट्रिपल रियर क्यामरा उपलब्ध छ । बजेट सिरिजको यो फोनमा ५,००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।

एन्ड्रोयड ओरियो ८.१ भर्सनमा आधारित यो स्मार्टफोनमा ड्यूल नानो सिम सपोर्ट गर्दछ ।

कम्पनीले यसमा ६.३८ इन्चको वाटरड्रप नोच डिजाइनमा फूल एचडी प्लस सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले राखेको छ ।

यो स्मार्टफोनलाई वाइडभाइन एल१ सर्टिफिकेटका साथमा सार्वजनिक गरिएको छ, जसको अर्थ यूजर्सले नेटफ्लिक्स तथा अमेजन प्राइम जस्ता कन्टेन्ट सर्भिसेजद्धारा एचडी कन्टेन्ट स्ट्रीम गर्न सक्नेछन् ।

सामसुङ ग्यालेक्सी एम ३० मा अक्टाकोर एक्सनोज ७९०४ प्रोसेसर राखिएको छ भने फोटोग्राफीका लागि फोनमा ट्रिपल क्यामरा सेटअप छ । यसमा १३ मेगापिक्सेल प्लस,५ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनको आन्तरिक स्टोरेज १२८ जीबी राखिएको छ, जसलाई कार्डको सहयोगबाट ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

फोनमा फास्ट चार्जिंग सपोर्ट छ भने यूएसबी टाइप सी, रियर फिंगरप्रिन्ट स्क्यानर तथा फेस अनलसको फीचर छ ।

यो स्मार्टफोन हाल भारतमा मात्र सार्वजनिक भएको छ, जून अमेजन डटकम र ईशपमा मात्र किन्न सकिनेछ ।

सामसंग ग्यालेक्सी एम ३० को ४जीबी र्याम ६४ जीबी स्टोरेज भएको फोनको मूल्य भारतमा १४९०० भारु तोकिएको छ । त्यस्तै ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको स्मार्टफोनको मूल्य १७,९९० भारु तोकिएको छ ।

यो स्मार्टफोन ग्रेडेशन ब्ल्याक तथा ग्रेडेशन ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।

सामसंगले हालै नेपाली बजारमा पनि एम सिरिजका नयाँ स्मार्टफोनहरु भित्र्याएको छ । कम्पनीले बजारमा एम १० र एम २० स्मार्टफोन बिक्री गरिरहेको छ। त्यसैले नेपाली बजारमा एम सिरिजको नयाँ स्मार्टफोन एम ३० पनि उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ । नेपाली बजारमा यसको मूल्य ३० हजार रुपैयाँ भन्दा तल नै हुन सक्ने अनुमान छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई