२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति

२०७५, २० फाल्गुन सोमबार ०८:४८

फागुन २०, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । 

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको विमोचन गर्नाका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने सेनानी प्रकाश खड्का र दोस्रो हुने सेनानी धीरन अधिकारीलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । उक्त फ्री फल जम्पमा सहभागी हवल्दार पूर्णबहादुर भण्डारी भने प्यारासुट नखुलेका कारण सीधै भुइँमा झरेर घाइते भएकामा नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीले उद्धार गरी वीरेन्द्र अस्पताल छाउनीमा लगेर उपचार गरिरहेको छ । उहाँको दायाँ खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७५’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । 

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस–२०७५ आकृति प्रस्तुत गरिएको थियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धून प्रदर्शन गरेको थियो । 

सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएको थियो । त्यसअन्तर्गत पिटी, तेक्वान्दो, सुट टू किल, मुकदल, रौद्र ताण्डव, खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो । 

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । सेना दिवसका उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो । समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा विशेष फौज वाहिनीबाट आतङ्ककारी आक्रमण गर्नेलाई नियन्त्रण गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरियो । समारोहमा मुलुकका सातै प्रदेशका वेशभूषा र संस्कृति झल्कने नृत्य तथा झाँकी पनि प्रस्तुत गरिएको थियो । 

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित हुनुहुन्थ्यो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रिगण, सङ्घीय संसद् संसदीय समितिका सभापति, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि र समाजका लब्धप्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नुभएको थियो । 

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । यसअघि समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले शम्शेर गुल्म र श्रीमेहर गणलाई प्रकृति संरक्षण ट्रफी, पेशागत प्रतियोगितामा प्रथम हुने कालीध्वज गणलाई ब्यानर तथा कालीसिद्धि गण र सेकेण्ड रेञ्जर बटालियनलाई निशान प्रदान गर्नुभएको थियो । समारोहपछि प्रधानसेनापति थापाले समाजका विभिन्न क्षेत्रबाट योगदान पुर्याएका महानुभावलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुभएको थियो । सो अवसरमा विभिन्न गण र निशान प्राप्त गर्ने गणका अधिकृत तथा अन्य सकल दर्जालाई दज्र्यानी चिह्न प्रदान गरियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो