Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य: देउवा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २०, भक्तपुर | नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । सभापति देउवाले भन्नुभयो,“सरकार प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्न खोज्दैछ, यो काङ्ग्रेसलाई कदापी स्वीकार्य हुदैन ।” सरकारले प्रेसमाथि पनि विभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै उहाँले काङ्ग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताउनुभयो ।

विसं १९९० मा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मनु भई विसं २०११ बाट नेपाली काङ्ग्रेसबाटै राजनीतिक यात्रा शुरु गर्नुभएका स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा विसं २०१९ देखि २०३४ सालसम्म १६ वर्ष जेल बस्नुभएको थियो । प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी रहनुभएका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पण्डितको निधनले नेपाली काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको बताउँदै उहाँको योगदानको अनुशरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानुपर्नेमा जोड दिनुभयो ।

पार्टीका पूर्व जिल्ला सभापति तिलक कायस्थ, भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली, नेता माथवरसिंह बस्नेत र युवा नेता यादव अधिकारीलगायतले प्रजातन्त्रका सेनानी पण्डितको योगदानको चर्चा गर्नुभयो । रासस