२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाल र कोरियाको सम्बन्ध प्रगाढ’

२०७५, २२ फाल्गुन बुधबार ०५:२९

फागुन २२, काठमाडौँ (रासस) | नेपालसँग दक्षिण कोरियाको सम्बन्ध प्रगाढ रहेकोले यो सम्बन्धलाई आर्थिक विकाससँग जोडेर अघि बढ्नुपर्ने मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

ऐक्यबद्धता प्रकाशन नेपालको आयोजनामा ‘कोरियामा नेपालीहरु र विप्रेषणको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीले कोरियामा नेपालीको आकर्षण बढिरहेको उल्लेख गर्दै नेपालको विकासमा दुई देशबीचको सहकार्य आवश्यक रहेको औँल्याएका थिए । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सन् १९५६ ताका दुई देशको प्रतिव्यक्ति आय समान रहेकामा अहिले कोरियाको ३० हजार डलर रहेको र नेपालीको एक हजार चार रहेको उल्लेख गर्दै कोरियाबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । 

उहाँले नेपालमा वित्तीय स्रोतको अभाव रहेको बताउँदै स्थायी सरकार निर्माणसँगै औद्योगिक वातावरण बनेकाले लगानी गर्न कोरियालाई आग्रह गर्नुपर्ने विचार राख्नुभयो । सरकारले बैंकलाई पनि वैदेशिक लगानी भित्र्याउन अनुमति दिएकाले बैंक–बैंक सहकार्य गर्न सकिने अवस्था रहेको उहाँले बताउनुभयो । 

कोरियाको जेवी बैंकका पदाधिकारी र नेपालका रेमिट्यान्स कम्पनी तथा बैंकर्स सहभागी रहेको उक्त छलफलका क्रममा बोल्दै उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत लिम योङ टेइले कोरियामा रहेका नेपालीले जेवी बैंकमार्फत कारोवार गरिरहेको जानकारी दिनुभयो । 

“सेवा लिन आउने नेपालीको दर बढ्दो रहेको उल्लेख गर्दै लिमले भन्नुभयो, “आत्मियता र सम्बन्ध पनि बढ्दै गएको छ, अहिले तीन हजारले सेवा लिइरहेका छन्, अझै बढीभन्दा बढी सेवा कसरी दिन सकिन्छ भनेर नेपालमा आएका छौँ ।” 

विगतमा कोरियनहरुले समेत यसैगरी काम गर्न अन्यत्र मुलुक गएको स्मरण गर्दै उहाँले नेपाल र कोरियाको बीचमा सहकार्य गर्न आतुर रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले नेपालको आर्थिक परिसूचक राम्रो बन्दै गएको र विप्रेषणदर बढ्दो क्रममा रहेको उल्लेख गर्दै नेपालबाट झण्डै ४० हजार व्यक्ति कोरियामा गएर काम गरिरहेको जानकारी गराउनुभयो । 

विदेशमा बस्ने नेपालीका लागि पत्रिका प्रकाशन गर्दै आएको बताउँदै ऐक्यबद्धता मासिक पत्रिकाकी सम्पादक मीना शर्माले विप्रेषण वृद्धिका लागि सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा कसरी लगानी भित्र्याउन सकिन्छ भनेर दुई देशका प्रतिनिधिबीच अन्तरक्रिया गरिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो