2026-10-23 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजुरआमाको प्रेमीद्वारा ११ वर्षीय बालिका बलात्कृत, गर्भपतन गराउन नपाउँदा बच्चा जन्मियो

काठमाडौं । दक्षिण अमेरिकी देश अर्जेन्टिनामा हालै एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ । एकजना ६५ वर्षका वृद्धले आफ्नै प्रेमिकाकी ११ वर्षीया नातिनीको बलात्कार गरेका छन् । आफ्नै हजुरआमाको ब्वायफ्रेण्डबाट बलात्कारमा परेकी ती बालिका गर्भवती बनेकी थिइन् । अन्ततः ती बालिकाले २३ हप्तामा बच्चा जन्माएकी छिन् ।

समाचार अनुसार त्यो वृद्धले ती बालिकामाथि आक्रमण गरी बलात्कार गरेको थियो । उत्तरी अर्जेन्टिनाको टुकुम्यान प्रान्तमा यो घटना भएको हो ।

बालिकाको गर्भपतन गर्न पनि कानूनले रोकेपछि उनि बच्चा जन्माउँ बाध्य बनेकी हुन् ।

ती बालिकाले अस्पतालमा आफै गएर आफ्नो पेटमा रहेको गर्भ निकालिदिन अनुरोध गरिन् । तर कानूनी रुपमा अभिभावकको स्विकृतिको अभावमा अस्पतालले गर्भपतन गर्न मानेन ।

कानून अनुसार अभिभावकको स्विकृति बिना अवैध रुपमा रहेको गर्भको गर्भपतन गर्न पाइँदैन ।

वास्तवमा बलात्कारको घटनापछि उनकी हजुरआमालाई बालिकाको अभिभावकत्वबाट विमुख गराइएको थियो । सोही कारण हजुरआमा कानूनी रुपमा अभिभावक बन्न नपाएको हुँदा उनको गर्भपतन गराउन समस्या परेको थियो ।

अन्ततः ती हजुरआमाको अभिभावकत्व फिर्ता गराइएसँगै गर्भपतनको लागि कानूनी प्रक्रिया पूरा गरियो । त्यति बेलासम्म बालिकाको पेटको गर्भ २३ हप्ताको बनिसकेको थियो ।

२३ हप्ताको गर्भ पतन गर्नु बालिकाको स्वास्थ्यका लागि खतरनाक हुने भन्दै फेरि डाक्टरहरुले गर्भपतन गराउन अस्विकार गरे । अन्ततः ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालियो ।

बालिकाको पेटबाट जीवितै बच्चा निकालिएको भएपनि त्यो बाँच्ने सम्भावना नरहेको बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने