2026-09-03 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजुरआमाको प्रेमीद्वारा ११ वर्षीय बालिका बलात्कृत, गर्भपतन गराउन नपाउँदा बच्चा जन्मियो

काठमाडौं । दक्षिण अमेरिकी देश अर्जेन्टिनामा हालै एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ । एकजना ६५ वर्षका वृद्धले आफ्नै प्रेमिकाकी ११ वर्षीया नातिनीको बलात्कार गरेका छन् । आफ्नै हजुरआमाको ब्वायफ्रेण्डबाट बलात्कारमा परेकी ती बालिका गर्भवती बनेकी थिइन् । अन्ततः ती बालिकाले २३ हप्तामा बच्चा जन्माएकी छिन् ।

समाचार अनुसार त्यो वृद्धले ती बालिकामाथि आक्रमण गरी बलात्कार गरेको थियो । उत्तरी अर्जेन्टिनाको टुकुम्यान प्रान्तमा यो घटना भएको हो ।

बालिकाको गर्भपतन गर्न पनि कानूनले रोकेपछि उनि बच्चा जन्माउँ बाध्य बनेकी हुन् ।

ती बालिकाले अस्पतालमा आफै गएर आफ्नो पेटमा रहेको गर्भ निकालिदिन अनुरोध गरिन् । तर कानूनी रुपमा अभिभावकको स्विकृतिको अभावमा अस्पतालले गर्भपतन गर्न मानेन ।

कानून अनुसार अभिभावकको स्विकृति बिना अवैध रुपमा रहेको गर्भको गर्भपतन गर्न पाइँदैन ।

वास्तवमा बलात्कारको घटनापछि उनकी हजुरआमालाई बालिकाको अभिभावकत्वबाट विमुख गराइएको थियो । सोही कारण हजुरआमा कानूनी रुपमा अभिभावक बन्न नपाएको हुँदा उनको गर्भपतन गराउन समस्या परेको थियो ।

अन्ततः ती हजुरआमाको अभिभावकत्व फिर्ता गराइएसँगै गर्भपतनको लागि कानूनी प्रक्रिया पूरा गरियो । त्यति बेलासम्म बालिकाको पेटको गर्भ २३ हप्ताको बनिसकेको थियो ।

२३ हप्ताको गर्भ पतन गर्नु बालिकाको स्वास्थ्यका लागि खतरनाक हुने भन्दै फेरि डाक्टरहरुले गर्भपतन गराउन अस्विकार गरे । अन्ततः ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालियो ।

बालिकाको पेटबाट जीवितै बच्चा निकालिएको भएपनि त्यो बाँच्ने सम्भावना नरहेको बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन