दलसिंह गिरी | फागुन २२, कालिकोट | सुन्दा र पढ्दा अचम्म लाग्ला तर कर्णाली प्रदेश अन्तर्गत कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैक स्थापना गरेको छ । रास्कोट नगरपालिकामा रहेका मानबिय श्रम शक्तिलाई संगठित गरी पहिलो पटक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | फागुन २२, कालिकोट | सुन्दा र पढ्दा अचम्म लाग्ला तर कर्णाली प्रदेश अन्तर्गत कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैक स्थापना गरेको छ । रास्कोट नगरपालिकामा रहेका मानबिय श्रम शक्तिलाई संगठित गरी पहिलो पटक "/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक श्रम रोजगार बैंक स्थापना

२२ फाल्गुन २०७५, बुधबार १५:५२

दलसिंह गिरी | फागुन २२, कालिकोट | सुन्दा र पढ्दा अचम्म लाग्ला तर कर्णाली प्रदेश अन्तर्गत कालिकोटको रास्कोट नगरपालिकाले श्रम रोजगार बैक स्थापना गरेको छ । रास्कोट नगरपालिकामा रहेका मानबिय श्रम शक्तिलाई संगठित गरी पहिलो पटक श्रम रोजगार बैक स्थापना गरेको हो ।

नगरपालिकामा रहेका ९ वटै वडामा रहेका १८ बर्षदेखि ४० बर्ष उमेर सम्मका करिव २ सय ६० जना बेरोजगार युवाहरुलाई संगठित गरी एक औपचारीक कार्यक्रमका विच नगर प्रमुख काशिचन्द्र बरालले श्रम रोजगार बैकको घोषणा गरेका छन् । बेरोजगार युवा शक्तिलाई रोजगार दिन उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरिएको बताउदै औपचारीक रुपमा श्रम रोजगार बैक घोषणा गरेका हुन् ।


नगरपालिकामा रहेका श्रमयोग्य युवाहरुलाई लक्षित गरी एक कार्यविधि समेत निर्माण गरेर प्रत्येक बस्ती बस्तीबाट श्रमशक्तिलाई संगठित गरिएको नगरपालिकाका मेयर बरालले बताए । नगरपालिकाले तयार पारेको कार्यविधि अनुसार श्रमशक्तिमा संगठित युवाहरु उमेरको हदमा ५० बर्ष पुगेपछि स्वत अवकास पाउने, श्रम रोजगारमा काम गर्ने युवाको मासिक आम्दानीको १० प्रतिशत रकमलाई बचत जम्माको ब्यवस्था गर्ने, त्यसमा १० प्रतिशत रकम नगरपालिकाले जम्मा गर्ने, प्रत्येक श्रम रोजगारीलाई जनही १० लाख बराबरको दुर्घटना विमाको ब्यवस्था गरिएको मेयरले बताएका छन् । 


प्रति समुह २० जना युवा रहने गरी युवादस्तालाई काम दिने र दोहोरो मुल्याङ्कनबाट युवाले पाउने ज्याला बैंक खाता मार्फत भुक्तानी गरिने, कार्यदस्ता परिचालनका लागि नगरमा एकजना अध्यक्ष , एकजना मुख्य व्यवस्थापक र पत्येक समुहमा एकजना प्राविधिक र एकजना व्यवस्थापक नियुक्त गरिने अध्यक्षले जनाएका छन् । यस्तै श्रम रोजगार बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, दैवी प्रकोप तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा काम गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने