१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

oppo F9 को मूल्य घट्यो, नयाँ मुल्य कति ? हेर्नुहोस्

२३ फाल्गुन २०७५, बिहीबार १०:००

फागुन २३, काठमाडौं । ओपोले ओपो एफनाइनको मूल्य घटाएको  छ। पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको ओपो एफनाइन (४ जीबी) मूल्य समायोजन पछि ३७ हजार ९ सय ९० मा उपलब्ध हुने भएको छ । नयाँ मूल्य सन् २०१९ को मार्च १ देखि लागू भइसकेको छ।

ओपोलाई नेपालमा विश्वसनिय ब्राण्डका रुपमा स्थापित गर्न उपभोक्ताद्वारा प्राप्त माया र सहयोग प्रति कृतज्ञता स्वरुप कम्पनीले फोनलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको बताइएको छ । 

सन् २०१८ अगस्टमा सार्वजनिक ओपो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हो। फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ।यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिन्छ।

ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५:९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक लुक्स प्रदान गरेको छ। वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ।यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेको पानीका दूई थोपा झैँ देखिन्छ।

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन्। यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप प्रदान गरेको छ।

स्क्रिनसँग समायोजन गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्मसहित कालो रंगमा पेण्ट गरेको छ। यसले फोनको अघिल्लो भागको इण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ। उद्योगकै अग्रगामी फ्लिप एलइडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्टसहित ओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली