2026-09-19 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

oppo F9 को मूल्य घट्यो, नयाँ मुल्य कति ? हेर्नुहोस्

फागुन २३, काठमाडौं । ओपोले ओपो एफनाइनको मूल्य घटाएको  छ। पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको ओपो एफनाइन (४ जीबी) मूल्य समायोजन पछि ३७ हजार ९ सय ९० मा उपलब्ध हुने भएको छ । नयाँ मूल्य सन् २०१९ को मार्च १ देखि लागू भइसकेको छ।

ओपोलाई नेपालमा विश्वसनिय ब्राण्डका रुपमा स्थापित गर्न उपभोक्ताद्वारा प्राप्त माया र सहयोग प्रति कृतज्ञता स्वरुप कम्पनीले फोनलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको बताइएको छ । 

सन् २०१८ अगस्टमा सार्वजनिक ओपो एफनाइन, वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हो। फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ।यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिन्छ।

ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५:९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक लुक्स प्रदान गरेको छ। वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ।यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेको पानीका दूई थोपा झैँ देखिन्छ।

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन्। यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप प्रदान गरेको छ।

स्क्रिनसँग समायोजन गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्मसहित कालो रंगमा पेण्ट गरेको छ। यसले फोनको अघिल्लो भागको इण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ। उद्योगकै अग्रगामी फ्लिप एलइडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्टसहित ओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई