२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित २ जना पक्राउ

२३ फाल्गुन २०७५, बिहीबार १०:२७

फागुन २३, चिप्लेढुङ्गा | पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

जिल्ला अदालतको अनुमतिपछि १० जनालाई पक्राउ पुर्जी जारी गरेर खनाल र शर्मालाई उनको निवासबाट बुधबार राति पक्राउ गरिएको र बाँकी आठ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । 

विद्यार्थीले गण्डकी मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष खुमा अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल डा रवीन्द्र श्रेष्ठ, फाइनान्सियल कन्ट्रोलर युवराज शर्मा, स्टोर किपर कृष्ण पौडेल, लेखाका हरि पौडेल, कर्मचारी दिनेश पौडेल र तिलक पौडेलविरुद्ध उजुरी दिएका थिए । आफूहरुबाट रु ५५ करोडभन्दा बढी ठगी गरेको भन्दै अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल– भौचर दिनुपर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय बढी विद्यार्थी एक महिनादेखि आन्दोलनमा छन् । 

प्रतिव्यक्ति रु आठदेखि १८ लाखसम्म बढी रकम असुल्ने गरेको विद्यार्थीको आरोप छ । आन्दोलनका क्रममा कलेजको बहिरङ्ग सेवाको कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरेसंँगै करीब एक महीनादेखि सो सेवासमेत प्रभावित भएको छ । सरकारले काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेजमा एमबिबिएसको शुल्क रु ४२ लाख शुल्क निर्धारण गरे पनि कलेजले भने रु ५५ लाखसम्म असुल्ने गरेको विद्यार्थीको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा