२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारीले नै नारीलाई सम्मान गर्न सक्दैनौं भने कसरी जुट्न सक्छौ र ?

२०७५, २४ फाल्गुन शुक्रबार १६:५१

सरस्वती अधिकारी (खुशी) । आज १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस, सम्पूर्ण आमा, दिदीबहिनीहरुमा सर्वप्रथम नारी दिवसको शुभकामना !! 

नारी दिवस मनाउन पाउनुमा गर्व भन्दा पनि ग्लानी महसुस हुन्छ, किनकी एक्काइसौँ शताब्दीमा आएर पनि हामी नारीहरुले ३६४ दिनलाई भुलेर एकदिन उत्सव मनाउनु परेको अवस्था छ ।

नारी शृष्टिकर्ता हुन्, नारीनै जन्मदाता हुन्, नारी नै इश्वर हुन्, अनि नारी देवता ! नारी आमा हुन् जसले आफ्नो सन्ततिलाई यो सुन्दर धर्ति देखाउंछिन् । त्यसैले मलाई नारी अर्थात् छोरी भएर जन्मनुमा गर्व लाग्छ । तर हिजोआज मलाई नारी भएर जन्मनुमा गर्व भन्दा पनि बढी पश्चाताप लाग्छ। किनकी हिजोआज नारीहरु आफ्नैअस्मिता धरापमा राखेर हिड्दै छन् । अर्थात् दिनप्रतिदिन नारीहरु बलात्कृत भएको समाचार आइरहेका छन् ।

प्राय बलात्कारका समाचार नआएको दिन नै हुदैनन् । त्यसमाथि ४/५ वर्षीय नानीहरु, १२/१३ वर्षीय किशोरीहरु, अनि ७०/८० वर्षीय आमाहरु बलात्कृत भइन् भन्ने समाचार आउदा त लाग्छ, कि छोरी अर्थात् नारी भएर जन्मनु नै सबैभन्दा ठुलो भुल हो ।

बोक्सीको आरोपमा कुटिएकी राधहरु सम्झन्छु अनि सोच्न बाध्य हुन्छु यस्ता कयौं निर्दोष राधाहरु कति होलान् जो मिडियामा आउन सकेका छैनन्, अनि अझै दिनप्रति कुटीईरहेका होलान् । अनि फेरी निर्मलाहरु सम्झन्छु, मन भारी भएर आउछ , ती अवोध किशोरीहरु जो भर्खर बालापन सकिएर रमाउन सिक्दै थिए, अनि जीवनको सुन्दर सपनाहरु आखामा सजाउदै थिए । तर रमाउन नपाउदै लुटिन्छन्, लुटिने मात्र होइन निमोठीन्छन । अनि के नारी दिवस मनाउनुको केहि औचित्य छ ? 

हिजोआज नारी अधिकारकर्मी पनि डलरमा बिक्न थालिसके त्यसैले होला नारी दिवस झन् फितलो बन्दै गैरहेको छ। नारीको अस्मिता धरापमा पर्दै गैरहेको छ । हामी नारीहरु अझै धेरै पछाडी नै छौ भन्ने कुरा जब हामी संसदमा ३३ प्रतिशत अधिकार माग्छौ त्यतिबेला नै प्रस्ट हुन्छ । आखिर हामी हाम्रो अधिकार नै ५० प्रतिशत माग गर्न सक्दैनौ भने हामी कसरी नारी र पुरुष समान बन्न सक्छौ ? अनि नारी र पुरुष समान बन्नको लागि दिएको दिवस नारी दिवस रे ! जब अधिकार नै ३३ प्रतिशत छ भने नारी र पुरुष समान कसरी हुन्छ ? 

चाहे घर होस् या कार्यालय, चाहे श्रम होस् या पारिश्रमिक हरेक ठाउँमा नारी र पुरुषबीच विभेद नै विभेद छ । अझै पनि नारीहरु घर धन्दा र चुलो चौकोमै सीमित छन् | एउटी विवाहित नारी जसले सास फेर्न पनि उसको पतिको अनुमति लिनु पर्ने रे, पति कै नोकर बनेर बस्नुपर्ने रे, उसले घरबाहिर काम गर्न नहुने रे अनि घर भित्रै बिना पारिश्रमिक नै श्रम गरेर बस्नुपर्ने रे। यो कस्तो समाज हाम्रो जहाँ घरभित्र छोरा मान्छे अर्थात् पुरुषले घरभित्रको काम गर्न नहुने ? छोरा मान्छेले भाडा माज्नु हुन्न रे, पकाउनु हुन्न रे इज्यत जान्छ रे। यो कस्तो समाज हो जहाँ पनि पुरुषवाद नै पुरुषवाद छ ? 

छोरी मान्छेले हास्नु हुन्न रे, पोथी बास्नु हुन्न रे। अनि छोरा मान्छेले रुनु हुन्न रे ? कस्तो अचम्म, अनि कस्तो बिडम्बना हो यो जहाँ पनि छोरीले झुक्नैपर्ने । 

यहि समाज हो जहाँ नारी अस्मितालाई सेतो कपडाको रुपमा दाज्ने अनि, नारी जीवनलाई कर्कलाको पानीसंग दाज्ने। अनि फेरी यहि समाज हो सेतो कपडामा दाग लगाउन खोज्ने अनि नारीको जीवनलाई छताछुल्ल पार्न खोज्ने पनि।

हरेक घरमा छोरीलाई संस्कार सिकाइन्छ, अनि भनिन्छ छोरी बेलुका छिटो घर आइज है, जमाना खराब छ भनेर अनि त्यहि घरमा छोरालाई कहिल्यै सिकाइदैन कि छोरा अर्काको घरको इज्यतसंग कहिल्यै खेलवाड नगर है भनेर कहिल्यै सिकाइदैन् । जब हाम्रो सिकाइमा नै पुरुषवाद छ भने एक दिने नारी दिवसको के औचित्य ? 

सिकाइ अनि संकार, धर्म हरेक कुराले नारीको विभेद गरेको अनि ३६४ दिन पुरुषवाद अनि मात्र एक दिन नारी दिवस ! तैपनि हामी नारीहरु कति सहनशील छौं, एक दिनलाई पनि हर्ष र उल्लासमय तवरले मनाउन सक्ने । हुन् त् यहाँ नारीहरु सहनशील हुन्न थिएभने हरेक कुरामा घमण्ड गर्ने पुरुषहरुको घर पनि तहसनहस हुन्थ्ये होला ?

मैले कुरा बदल्न चाहे यहाँ नारीहरु पुरुषबाट मात्र होइन, नारीबाट नै अन्यायमा परेका छन्। सासुले बुहारीलाई गर्ने विभेद होस् या बुहारीले सासूलाई गर्ने विभेद आज समाजमा व्याप्त रुपमा फैलिएको छ। यदि हामी नारीले नै नारीलाई सम्मान गर्न सक्दैनौ भने कसरी जुट्न सक्छौ हामी ? कसरी उठ्न सक्छौ हामी ? र नारी दिवसको नारा लगाएर नारी र पुरुष समान हो भन्ने संघर्षमा पुग्छौ | 

अझ नारीको नाममा डलरको खेति गर्दै जय नारी भन्ने महान नारीको त झन् कमी नै छैन यहाँ । आफनै अधिकार डलरमा बेचेर भाषण गर्नेहरुले गर्दा अझ नारी दिवस कमाइ खाने भाँडो बन्दै छ। 

हरेक दिन हुने हिंसात्मक घटनाले गर्दा आज पनि नारीहरु निर्धक्क बन्न सकेका छैनन् तर पनि उनीहरु आस्वासन बाढ्नेहरुको कमि छैन। अझ राष्ट्रको सबैभन्दा ठुलो अनि सम्माननीय पदमा पनि नारी नै रहेको मेरो देशमा तिनै अर्थात् रास्ट्रपतिकै सम्मान गर्न नसक्ने हाम्रो देशले नारी दिवस मनाउनुको के औचित्य ? रास्ट्रपति नारी भएकै कारण उनिमाथि बेलाबखत आंच आउने खालको पोष्टहरु सामाजिक संजालमा पोखिने गरेका छन् ।

निर्मलालाई न्याय दिन नसक्ने हाम्रो देशमा जय नारी भनेर डलरको खेति गर्नेहरुलाई यो सोध्न मन छ की, जय नारी भन्दै हिड्दै गर्दा कति डलर प्राप्त भयो ? अनि एउटी नारी निर्वश्त्र भएको देख्दा तिमीहरुलाई अलिकति पनि दयाको भाव जाग्यो कि जागेन ? 

अन्त्यमा, नारी दिवस मनाउन भन्दा अब जागरुक बनेर हरेक काममा अगाडी बढ्ने प्रेरित हुनु जरुरत छ। हिँसा के हो त्यसको पाठ पढाउनु जरुरी छ। भोलिका दिनहरुमा निर्मलाहरु बलात्कृत नहुन, हरेक छोरीहरुले निर्धक्क भएर बाच्न सकून्, अनि हरेक घरमा छोरा र छोरी समान व्यवाहार गरौँ। बुहारीले सासूलाई सम्मान गरुन् अनि सासुले बुहारीलाई माया गरुन् तब मात्र नारी दिवसले थोरै मात्र भए पनि अर्थ राख्नेछ !!

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि