२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्ष नभइ विदेशिन्छन् नेपाली कामदार

२०७५, २५ फाल्गुन शनिबार १६:३७

नारायण ढुङ्गाना | फागुन २५, काठमाडौँ (रासस) | नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभइ जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन् । 

आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै नपाउने अवस्था समेत छ । दक्षता अभावले रोजगारी पाएका पनि न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा काम गर्न जानेमध्ये जम्मा एक दशमलव पाँच प्रतिशत मात्रै दक्ष छन् । चौबिस प्रतिशत अर्धदक्ष छन् भने अधिकांश अदक्ष कामदार रोजगार गर्न भनेर विदेशिएका बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताउनुभयो । अधिकांश अर्धदक्ष कामदार जापान र कोरियामा छन् । 

उहाँले अहिले नेपालको आर्थिक परिसूचक राम्रो रहेको र रेमिट्यान्स बढ्दो क्रममा रहेको बताउँदै कूलगार्हस्थ उत्पादनमा विप्रेषण बढ्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । नेपालमा गत वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु ७५५ अर्ब छ करोड पुगेको थियो । पछिल्लो छ महीनामा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भई रु ४४३ अर्ब ३६ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

नेपालमा वार्षिक पाँच लाख युवा रोजगारीका लागि योग्य हुन्छन् । अहिलेसम्म ४३ लाख कामदार वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ । नेपालबाट ११० मुलुकका लागि मात्रै रोजगारीका लागि अनुमति भए पनि १६७ देशमा नेपाली रहेको जनाइएको छ । कोरियामा मात्रै आधिकारिक रुपमा गएका ३५ हजार र अनौपचारिक तथ्याङ्कमा पाँच हजार नेपाली रहेको जनाइएको छ । 

कोरियाबाट न्यून विप्रेशण 

सरकारी तथ्याङकलाई आधार मान्दा एक नेपालीले कारियाबाट औषध रु एक लाख ७० हजार कमाउँछन् । त्यसलाई आधार मान्दा रु ६३ अर्ब आउनुपर्नेमा गतवर्ष रु १७ अर्ब मात्रै भित्रिएको छ । कोरियाबाट आउनुपर्ने मध्ये यो २५ प्रतिशत मात्रै विप्रेशण हो । 

चालीस हजार कामदार हिसाब गर्दा यो वर्ष करीब रु ८२ अर्ब भित्रिनुपर्ने राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक ढुङगानाले बताउनुभयो । तर छ महीनाको अवधिका जम्मा १६ करोड डलर मात्रै भित्रिएको छ । यो वर्ष बढेर रु ३६ अर्ब आउने अनुमान छ । 

यसरी हिसाब गर्दा ३६ अर्ब आयो भने पनि ४३ प्रतिशत मात्रै रेमिट्यान्स भित्रिने देखिन्छ । यसलाई १०० प्रतिशतमा पु¥याउनुपर्ने आजको आवश्यकता भएको उहाँको भनाइ छ । कोरिया सरकारले गएको जनवरीबाट नेपालीको तलब ११ प्रतिशत बढाएको र नयाँ नीतिलगायतका कारण यसमा प्रभाव पार्ने जनाइएको छ । केही दिनअघि मात्रै कोरियाको जेबी बैंकका पदाधिकारीसँगको विप्रेषण बढाउने विषयमा छलफल भएको थियो । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सन् १९५६ ताका दुई देशको प्रतिव्यक्ति आय समान रहेकामा अहिले कोरियाको ३० हजार डलर रहेको र नेपालीको एक हजार चार डलर रहेको उल्लेख गर्दै कोरियाबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो । 

उहाँले नेपालमा वित्तीय स्रोतको अभाव रहेको भन्दै स्थायी सरकार निर्माणसँगै औद्योगिक वातावरण बनेकाले लगानी गर्न कोरियालाई आग्रह गर्नुभयो । कोरियाको जेबी बैंकका प्रमुख कार्यकारी अधिकृत लिम योङ टेइले नेपालीले जेबी बैंकमार्फत कारोबार बढाइरहेको जानकारी दिँदै उक्त बैंकमा तीन हजार नेपाली जोडिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो