2026-10-15 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विप्लवको गतिविधि अब धेरै दिन चल्दैनन्’- गृहमन्त्री

दलसिंह गिरी | फागुन २६, सुर्खेत | नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको पछिल्ला गतिविधिलाई लिएर कर्णाली प्रदेशमा ठूलै बहस चलेको छ । प्रदेश राजधानी सुर्खेतमा संचालित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा चन्द नेतृत्वको नेकपाको विषयमा बहस चलेको हो । चन्द नेतृत्वके समुहलाई राजनैतिक दल वा कुनै उग्र उत्श्रृखल समुह भन्ने बारे प्रष्ट धारणा तथा स्पष्ट निर्देशन नहुँदा अप्ठ्यारोपरेको सुरक्षा निकाले जनाएको छ ।

कर्णाली प्रदेशका सबै जिल्लाबाट तीन वटै निकायका सुरक्षा प्रमुखहरु सहभागी गोष्ठीमा सहभागी प्रमुखहरुले  जिल्ला स्तरमा सबै भन्दा ठूलो चुनौती चन्द समूहको बढ्दो सक्रियता रहेको बताएका छन् ।

सुरक्षा चुनौतिको हकमा विशेषगरी कर्णाली प्रदेशका कालिकोट र सुर्खेत बढी चुनौती रहेको सुरक्षा निकायले बताएको छ ।  

संविधानमा प्रदेशको आन्तरिक सुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई तोकिए पनि उचित कानुन नबन्दा प्रदेशले आफ्नो जिम्मेवारी बहन गर्न पाएको छैन । यद्यपि, गोष्ठीमा चन्द समूहका केही नेताकार्यकर्तालाई उच्च निगरानी राख्ने निष्कर्ष निकालिएको स्रोतले बतायो ।

‘विप्लवको गतिविधि अब धेरै दिन चल्दैनन्’ गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । सरकारले चन्द नेतृत्वको समुहलाई निरन्तर वार्तामा बसेर मुलधारको राजनीतिमा आउन अपिल गरिरहे पनि आतङ्कवादी गतिविधि नरोकेकाले सरकार अब कठोर रुपमा प्रस्तुत बताएका हुन् ।

कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले चन्द नेतृत्वको समुहलाई वार्ताबाट लोकतान्त्रिक पद्धतीको मूलधारमा आउन अपिल गरिरहेका छौँ, हाम्रो अनुरोधलाई अस्वीर गर्दै आफ्नो गतिविधि नछोडेमा कठोर रुपमा प्रस्तुत हुने बताएका छन् ।

पछिल्लो समय चन्द नेनृत्वको नेकपाले स्थानीय तहमा धम्की दिने, चन्दा माग्ने अराजक गतिविधि बढाएको सूचना बाहिरीएकाले यसको निगरानीका लागि सरकार जिम्मेवार रहेको र छिट्टै सरकारको नियन्त्रणमा आउने गृहमन्त्री बादलले बताएका छन् ।  

यस्तै कर्णालीमा विशेष सुरक्षा रणनीति बनाइने बताउदै सरकारले वर्षको अवधिमा आधारशिला तयार पारेकाले अब समृद्धिका लागि काम तीव्र रुपमा संचालन हुने गृहमन्त्री थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन