१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विप्लवको गतिविधि अब धेरै दिन चल्दैनन्’- गृहमन्त्री

२६ फाल्गुन २०७५, आईतवार ०१:१५

दलसिंह गिरी | फागुन २६, सुर्खेत | नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको पछिल्ला गतिविधिलाई लिएर कर्णाली प्रदेशमा ठूलै बहस चलेको छ । प्रदेश राजधानी सुर्खेतमा संचालित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा चन्द नेतृत्वको नेकपाको विषयमा बहस चलेको हो । चन्द नेतृत्वके समुहलाई राजनैतिक दल वा कुनै उग्र उत्श्रृखल समुह भन्ने बारे प्रष्ट धारणा तथा स्पष्ट निर्देशन नहुँदा अप्ठ्यारोपरेको सुरक्षा निकाले जनाएको छ ।

कर्णाली प्रदेशका सबै जिल्लाबाट तीन वटै निकायका सुरक्षा प्रमुखहरु सहभागी गोष्ठीमा सहभागी प्रमुखहरुले  जिल्ला स्तरमा सबै भन्दा ठूलो चुनौती चन्द समूहको बढ्दो सक्रियता रहेको बताएका छन् ।

सुरक्षा चुनौतिको हकमा विशेषगरी कर्णाली प्रदेशका कालिकोट र सुर्खेत बढी चुनौती रहेको सुरक्षा निकायले बताएको छ ।  

संविधानमा प्रदेशको आन्तरिक सुरक्षाको जिम्मेवारी प्रदेश सरकारलाई तोकिए पनि उचित कानुन नबन्दा प्रदेशले आफ्नो जिम्मेवारी बहन गर्न पाएको छैन । यद्यपि, गोष्ठीमा चन्द समूहका केही नेताकार्यकर्तालाई उच्च निगरानी राख्ने निष्कर्ष निकालिएको स्रोतले बतायो ।

‘विप्लवको गतिविधि अब धेरै दिन चल्दैनन्’ गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको समूहमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । सरकारले चन्द नेतृत्वको समुहलाई निरन्तर वार्तामा बसेर मुलधारको राजनीतिमा आउन अपिल गरिरहे पनि आतङ्कवादी गतिविधि नरोकेकाले सरकार अब कठोर रुपमा प्रस्तुत बताएका हुन् ।

कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले चन्द नेतृत्वको समुहलाई वार्ताबाट लोकतान्त्रिक पद्धतीको मूलधारमा आउन अपिल गरिरहेका छौँ, हाम्रो अनुरोधलाई अस्वीर गर्दै आफ्नो गतिविधि नछोडेमा कठोर रुपमा प्रस्तुत हुने बताएका छन् ।

पछिल्लो समय चन्द नेनृत्वको नेकपाले स्थानीय तहमा धम्की दिने, चन्दा माग्ने अराजक गतिविधि बढाएको सूचना बाहिरीएकाले यसको निगरानीका लागि सरकार जिम्मेवार रहेको र छिट्टै सरकारको नियन्त्रणमा आउने गृहमन्त्री बादलले बताएका छन् ।  

यस्तै कर्णालीमा विशेष सुरक्षा रणनीति बनाइने बताउदै सरकारले वर्षको अवधिमा आधारशिला तयार पारेकाले अब समृद्धिका लागि काम तीव्र रुपमा संचालन हुने गृहमन्त्री थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट