२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेकेदारले उखेले दिपायलका सौर्यबत्ती

२६ फाल्गुन २०७५, आईतवार १२:४६

फागुन २६, डोटी (रासस) | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न शुरु गरेका हुन् । 

पिपल्ला बजारमा जडान भएका ३० सौर्यबत्तीमध्ये सात बत्ती झिक्न लागेको मनिङसन कम्पनीका ठेकेदार वेदप्रकाश कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “दिपायल सिलगढी नगरपालिकाले हामीले जडान गरेका सात बत्तीको रु सात लाख लामो समय बित्दा पनि नदिएपछि झिक्न थालेका हौँ ।” 

दिपायल सिलगढी नगरपालिकाका कार्यालयका तत्कालीन प्रमुख तुलसीप्रसाद आचार्यले उक्त कम्पनीसँग सम्झौता गरेको र त्यतिबेला रकम भुक्तानी नभएको र उहाँ सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न कठिन भएकाले रकम नदिएको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै काम सम्पन्न नगरी बिल भरपाई नदिएकाले त्यो बेला भुक्तानी दिइएनन्, अहिले हामीसँग रकम छैन, कहाँबाट दिने ।” जिल्ला उद्योग वाणिज्य सङ्घसँग २०७३ फागुन १७ मा नगरपालिकाले रु ३० लाखमा ३० पोलमा सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि सङ्घले उक्त काम २०७३ फागुन ६ गते मनिङसन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो । 

कम्पनीले काम गरेवापत दुई पटकको किस्ता गरी रु २३ लाख भुक्तानी पाइसकेपछि अन्य रकम उद्योग वाणिज्य सङ्घलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । ठेकेदारले बत्ती भिक्न लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका बासिन्दा दुःखी हुन थालेका स्थानीयवासी रामबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बत्तीले बजार उज्यालो भइरहेको थियो, अब उखेलेपछि अन्धकार हुने भयो ।” 

निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई समस्या पर्ने भएकाले बत्ती नउखेल्न आग्रह गरेको छु, ठेकेदारले पाउनुपर्ने नियमसङ्गतको रकम भुक्तानीका लागि सम्बन्धित निकायमा पहल गर्नेछौँ ।” सौर्यबत्तीका कारण रातिको समयमा झिलिमिली हुने प्रमुख व्यापारिक केन्द्र पिपल्लाबजार अब अन्धकार हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य