2026-06-24 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीले दुलहासँग विवाह गर्न नमानेपछि आमाले नै बिहे गरिन् !

2019-03-13

फागुन २९, काठमाडौं | भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलहालाई देखेपछि दुलहीले आफूमाथि धोका भएको विवाह नै अस्विकार गरिन् ।

भारतीय मिडियाका अनुसार दुलहीले बिवाह अस्वीकार गरेपछि त्यहाँ उपस्थित पाहुना, जन्ती अचम्मित भए । त्यतिबेला आमाले छोरीलाई ठूलो दबाब दिइन् तर उनले मानिनन् ।

रिपोर्टका अनुसार निकै सम्झाएपछि पनि जब छोरी मानिन् तब दुलहीकी आमा नै दुलहासँग आगरा गइन् ।

भारतीय मिडियाका अनुसार १७ वर्षीया दुलहीले यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी छिन् । ती युवतीकी आमाले आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग उनको सम्बन्ध तय गरेकी थिइन् । मार्च १० तारिखको बेलुकी आगराबाट दुलहीको घर पुगे । जब दुहली वरमाला लिएर स्टेजमा पुगिन् तब दुलहालाई देखेर भड्किइन् । ती युवतीले आफूमाथि धोका भएको भन्दै चिच्याउन थालिन् । परिवारले जब के कारणले विवाह गर्न नखोजेको भनेर सोधे तब उनले ‘जस्तो सुकै स्थिती भएपनि म यो बुढासँग विवाह गर्दिनँ’ भन्दै रुन थालिन् । दुलहीले विवाह अघि जुन केटाको तस्बिर देखाइएको थियो त्यो उनी नभएको बताइन् ।

तर भोलिपल्ट बिहान, जे भयो त्यो थप चकित पारिदिने किसिमको थियो । जब छोरीलाई विवाहका लागि मनाउन सकिनन् तब उनले सबैलाई छोडेर आफैं दुलहासँग आगरा गइन् । बेहुलीका अनुसार तीन वर्ष अघि उनको पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते