2026-10-15 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बन्द शान्तिपूर्ण हुन्छ: इन्चार्ज धुव्र

फागुन २९, सुर्खेत | नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले आज गरिएको नेपाल बन्द शान्तिपूर्ण हुने जनाएको छ । सरकारले देशभर नै  पार्टीका कार्यकर्ताहरुलाई धरपकट गरेको विरोधमा विप्लवले बुधबार (आज) बन्दको आह्वान गरेको हो ।

‘पार्टीको केन्द्रीय कार्यक्रमअनुसार एकदिन बन्दको आह्वान गरिएको हो’ चन्द्र नेतृत्व विप्लव नेतृत्व नेकपाका सुर्खेत इन्चार्ज धुव्रले भने, ‘बन्द सफल पार्न शान्तिपूर्ण रहने छ ।’ नागरिकहरुलाई दुःख दिने नियत नभई आफ्ना कार्यकर्तामाथि सरकारले गरेको दमनका विरुद्ध बन्द आह्वान गरिएको समेत इन्चार्ज धुव्रले जानकारी दिए । उनका अनुसार बन्द अराजक नभई शान्तिपूर्ण हुनेछ ।  विप्लवलाई सरकारले प्रतिवन्ध लगाएको छ कसरी लिनु भएको छ भन्ने प्रश्नमा इन्चार्ज धुव्रले देशमा दलाल, घुसखोरी, देशद्रोही, विखण्डनकारी लगायतलाई सरकारले प्रतिवन्ध लगाउनुको सट्टा विप्लव नेतृत्व नेकपा प्रति सरकारले गरेको प्रतिवन्ध गलत भएको टिप्पणि गरे । ‘पार्टीलाई प्रतिवन्ध लगाउनु गणतन्त्र र सरकारका निम्ति दुर्भाग्य हो’ धुव्रले भने, ‘देशमा सरकारले नै अशान्ति फैलाउन उद्धत भई गृहयुद्धतर्फ धकेली रहेको छ ।’ गणतन्त्रमा पार्टीलाई नै प्रतिवन्ध लगाएर सरकारले देशमा मुठभेटको सिर्जना गरेको उनको आरोप छ । तत्काल प्रतिकारका लागि केन्द्रीय निर्देशन केही नआएकाले अहिले आफूले केही बताउन नसक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन