2026-10-23 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब युवतीले आफ्नै प्रेमीको पेटमा छुरा हानी अँगालो हाल्दै नमर्न बिन्ती गरिन् ! (भिडियो)

काठमाडौं | एक युवतीले प्रेमीलाई पेटमा छुरा रोपेपछि अँगालो हाल्दै नमर्नका लागि अनुनय बिन्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

मिरर डट को डट यूकेका अनुसार मेक्सिकोको ला क्यासकाडा होटल बाहिर यो जोडीको झगडा भएको थियो । झगडाले यति भयानक रुप लियो कि इरिक ओमारलाई प्रेमिकाले छुरा प्रहार गरिन् ।

प्रत्यक्षदर्शीले खिचेको भिडियोमा इरिक आफ्नो पेट समातेर बाटोमै घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । जबकी उनकी प्रेमिका सोनिया अमेरानी नुजेन एगुइलाले उनलाई अँगालो हाल्छिन् र चुम्छिन् ।

उक्त भिडियोमा २२ वर्षे सोनियाले ‘उसले मलाई कुट्यो, मलाई मार्न खोज्यो’ भनेको सुन्न सकिन्छ ।

उनले एकपटक चिच्याउँदै भनिन्, ‘मलाई माफ गर माया, प्लिज झुटो नबोल ।’

२९ वर्षे इरिकले आफूलाई सम्हाल्न सकिरहेका थिएनन्, उनले प्रेमिकाको आरोप अस्विकार गर्दै नजिकै उभिएकालाई सहयोग गर्न आग्रह गर्दै भने, ‘उसले मलाई मार्न चाहन्छे ।’

स्थानीय मिडिया अनुसार पुलिसको कार घटनास्थलमा पुगेपनि पर्याप्त पेट्रोल नभएकाले पीडितलाई लैजान अस्विकार गरे ।

त्यसको एक घण्टापछि एम्बुलेन्स बोलाइयो । त्यसपछि उनलाई अस्पताल भर्ना गरियो ।

आपत्कालीन शल्यक्रियापश्चात् एरिक खतरामुक्त भएको बताइन्छ ।

उनकी प्रेमिकालाई पक्राउ गरिएको  र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको  छ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने